नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल चढ्ने « Khabarhub

नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल चढ्ने


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल आरोहण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै चैत्र २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो ।

नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल– २ चढ्न लागेका हुन् । नेपाल र दक्षिण कोरियाबीच स्थापना भएको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त  आयोजनामा जुगल हिमाल आरोहण तय भएको पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिए  ।

नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४ मा सहभागी हुने पर्वतारोहीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर जुगलतर्फ बिदाइ गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया