सर्लाहीमा क्षयरोगीको संख्या बढ्यो, मृत्युदर दुई प्रतिशत | Khabarhub Khabarhub

सर्लाहीमा क्षयरोगीको संख्या बढ्यो, मृत्युदर दुई प्रतिशत


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको संख्या बढेको पाइएको छ ।

स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो । गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन् । योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन् ।

जिल्लामा फेला परेका क्षयरोगीमध्ये धेरै हरिवन नगरपालिका क्षेत्रका रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका क्षयकुष्ठ अधिकृत बलिराम यादवले जानकारी दिए । जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ८९ अर्थात् १४ दशमलव १३ प्रतिशत १४ वर्षमुनिका रहेका अधिकृत यादवले बताए । उनका अनुसार जिल्लामा क्षयरोगीको सङ्ख्या प्रतिलाखमा एक सय ५२ जना छन् ।

गाउँ समाजमा क्षयरोगसम्बन्धी चेतनास्तर कम भएका कारण पनि क्षयरोग सङ्क्रमण बढेको उनको भनाइ छ । क्षयरोग नियमित उपचारबाट निको बनाउन सकिने भए पनि अझै धेरै उपचार सेवाबाट टाढा रहने गरेका उनको भनाइ छ । सङ्क्रमितले गर्ने लापरबाही क्षयरोगी बढ्नुको मुख्य कारण रहेको स्वास्थ्यकर्मीको दाबी छ ।

स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले जिल्लामा क्षयरोगी खोज पड्ताल अभियान बढेका कारण बिरामी धेरै फेला परेको उनको दाबी थियो । समाजमा क्षयरोगी लुकेर रहे लक्ष्य पूरा गर्न समस्या हुने भएकाले सबै रोगी फेला पार्नुपर्ने बागमती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले बताए । यस क्षेत्रमा मुस्लिम, दलितलगायतका समुदायमा क्षयरोगीको सङ्ख्या पहिचान गरेको छ ।

यस रोगले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुपोषित बालबालिका, मधुमेह, क्यान्सरलगायतका बिरामी, इँटाभट्टामा काम गर्ने परिवार तथा बालबालिकालाई उच्च जोखिममा पारेको डा झाले बताए । लामो समय सुक्खा खोकी लागे, रातिराति ज्वरो आए, जिउ दुख्नेलगायतका समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खकार जाँच गर्नुपर्ने उनको भनाइ छ ।

क्षयरोगी मृत्युदर दुई प्रतिशतमा झर्यो 

यस्तै क्षयरोगीको सङ्ख्या बढेको भए पनि जिल्लामा मृत्युदर घट्दै गएको पाइएको छ । विगतका वर्षमा जिल्लामा क्षयरोगीको मृत्युदर पाँचदेखि सात प्रतिशतको अनुपातमा रहेको थियो । यस आर्थिक वर्षको साउनदेखि पुससम्मको तथ्याङ्कले मृत्युदर ओरालो लागेको देखाएको स्वास्थ्य कार्यालय प्रमुख झाले बताए ।

नियमित औषधि उपचारमा सचेतना र पारिवारिक स्याहारसम्भार तथा जनमानसमा फैलिएको सचेतनाका कारण मृत्युदर घड्दो क्रममा रहेको चिकित्सकको भनाइ छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगीको सङ्ख्या शून्यमा झार्ने र मृत्युदर घटाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : २४ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल