नेपालमा ६७ लाख बढिले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङ्क सार्वजनिक | Khabarhub Khabarhub

नेपालमा ६७ लाख बढिले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङ्क सार्वजनिक


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको अध्ययनले देखाएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणमा ३४.१ प्रतिशत नेपालीले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखिएको छ । यसमा १०.७ प्रतिशतले धूवाँवाला पदार्थको सेवन गर्दा १८.९ प्रतिशतले धूवाँरहित पदार्थको सेवन गर्ने गरेको अनुसन्धानले देखाएको छ । दुवैको सेवन गर्ने ४.५ प्रतिशत छन् ।

प्रतिष्ठानले गरेको सुर्तीजन्य पदार्थको प्रयोग सम्बन्धि गरेको अनुसन्धानको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । यो रिपोर्ट अनुसार २०७८ को जनगणनाको आँकडालाई हेर्दा ६७ लाख भन्दा बढीले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखिन्छ ।

औषतमा नेपालीले सरदर दिनमा ७ खिल्ली चुरोट सेवन गर्ने गरेको सर्वेक्षणमा सहभागी प्रतिष्ठानका सदस्य कमल चौलागाईँले जानकारी दिए । यस सर्वेक्षणको रिपोर्ट अनुसार धेरैले मन पराउने चुरोटको मूल्य प्रतिखिल्ली १२.२४ रुपैयाँ पर्छ ।

यो हेर्दा एक व्यक्तिले प्रतिदिन ८५.६८ रुपैयाँ चुरोटमा खर्च गर्छ । एक वर्ष अर्थात ३५६ दिनको खर्च ३१,२७३.२ रुपैयाँ हुन्छ । एक व्यक्तिले १४ वर्षको उमेरमा चुरोट सेवन गरेको छ भने यसले नेपालीको औसत उमेर ७२ सम्म चुरोट सेवन गरेको समय ५८ वर्ष हुन्छ । ५८ वर्षमा उसले १८ लाख १३ हजार ८४५ रुपैयाँ खर्च चुराटमा मात्रै गर्नुपर्ने सर्वेक्षणले देखाएको छ ।

यो सँगै यसले स्वास्थ्यमा पार्ने असर र त्यसका लागि हुने खर्च त छँदैछ । सर्वेक्षणमा सहभागी सुर्तीजन्य पदार्थ सेवन गर्नेमध्येकै ५६ प्रतिशतले सुर्तीजन्य पदार्थमा करवृद्धि गर्न माग गरेका छन् । महिलाले भन्दा पुरुषले महंगो चुरोट सेवन गर्ने गरेको पनि सर्वेक्षणले देखाएको छ । पुरुषले चुरोटमा प्रतिखिल्ली करिब ११.८ रुपैयाँ खर्च गर्दा महिलाले प्रतिखिल्ली ५.८ रुपैयाँ खर्च गर्ने गरेको अध्ययनले देखाएको छ ।

कम उमेरका व्यक्तिले बढी महंगो चुरोट सेवन गर्ने गरेको पनि सर्वेक्षणमा पाइएको छ । स्वास्थ्यलाई हानी गर्छ भन्ने थाहा भएर सुर्तीजन्य पदार्थ त्याग्न प्रयास गर्नेको संख्या धेरे भएपनि सर्वेक्षणमा सहभागी २ प्रतिशतले मात्रै सेवन गर्न छाडेको देखिएको छ । सुर्तीजन्य पदार्थका खोलमा राखिएको चेतावनीयुक्त चित्र हेरेर त्याग्ने मनसाय आएको भन्नेको संख्यामा पनि सर्वेक्षणमा कम देखिएको छ ।

होटल, रेस्टुरेण्टमा राखिने हुक्का र इ–चुरोट सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमनका लागि चुनौती भइरहेको अनुसन्धानकर्ता चौलागाईँले बताए । हुक्का र इ–चुरोटमा किशोर–किशोरी तथा युवाको आकर्षण बढिरहेको र उनीहरु लतमा फसेको सर्वेक्षणमा देखिएको उनको भनाइ छ । नयाँ सेवनकर्तालाई निरुत्साहित अहिलेको मुख्य आवश्यकता रहेको पनि चौलागाईँले बताए ।

सरकारले नीति मात्रै दिने भएकाले सुर्तीजन्य पदार्थको नियमनका लागि जागरुक नागरिकको भूमिका महत्वपूर्ण हुने प्रतिनिधिसभा सांसद प्रकाश अधिकारीले बताए । सुर्तीजन्य पदार्थ सेवन गर्दिन भन्ने बनाउनका लागि दिमागमै प्रभावकारी नारा बनाउनु पर्ने उनको भनाइ छ । मन, मस्तिष्कमा गहिरो प्रभाव पार्ने खालका वृत्तचित्रहरु बनाउने र स्कुलले विद्यार्थीलाई देखाउने जस्ता कार्यक्रम ल्याउने पर्ने उनको सुझाव छ ।

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने विषयमा आफूले पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिक्ति सचिव डा.दीपेन्द्र रमण सिंहले स्वास्थ्य साक्षरतामा ध्यान दिनुपर्ने बताए । सधैँ सरकारलाई झक्झकाउने र नीति निर्माण तहमा बस्नेलाई समेत स्वास्थ्य साक्षरताको आवश्यकता भएको डा.सिंहको भनाइ छ । गर्नुपर्ने काम समयमै गरेन भने त्यसको ठुलो मूल्य चुकाउनुपर्ने उनले बताए ।

कानुनी व्यस्थाहरु राम्रो भएपनि केही चुनौतीहरु रहेको बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसीले बताए । सुर्तीजन्य पदार्थ नियन्त्रण नियमनमा सरकारले गरिरहेका प्रयासबारे डा.केसीले जानकारी दिए । सरकारको नीति निर्माणमा यो सर्वेक्षणले राम्रो सघाउ गर्ने उनले बताए । स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले कानुन बन्नै गाह्रो हुने र बनेपछि कार्यान्वयन झनै गाह्रो हुने देखिएको बताए । सुर्तीजन्य पदार्थ नियमनको पक्षमा स्वास्थ्य पत्रकारले नियमित समाचार लेख्दै आएको भन्दै ढुंगेलले अबका दिनमा पनि यो विषय उठाइरहने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य डा.जयकुमार गुरुङको नेतृत्वमा यो सर्वेषण भएको हो । धुम्रपान नगर्नेको स्वास्थ्यको अधिकार संरक्षण गर्नु आजको मुख्य मुद्दा रहेको डा.गुरुङले बताए । आगामी सरकारको आगामी नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थको नियन्त्रण, नियमनका कुरा परेमा तलसम्म यसले स्थान पाउने डा.गुरुङको भनाइ छ । प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीबाट समेत प्रतिवद्धता जाहेर भएकाले यस यस पटकको नीति कार्यक्रममा यो विषय पर्ने विश्वास डा.गुरुङले व्यक्त गरे ।

सुर्तीजन्य पदार्थमा संकलन हुने अन्त शुल्क र यसबाट हुने बिरामीको उपचारमा हुने सरकारको खर्चमा धेरै अन्तर रहेको पनि डा.गुरुङले जानकारी दिए । उनका अनुसार यसको तुलना गर्दा २०२२ मात्रै सरकारलाई १३ अर्ब घाटा लागेको देखिन्छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा.कृष्ण पहारीले यो वृहत सर्वेक्षण नभएपनि राज्यको निगरानीका लागि काम लाग्ने बताए ।

नीति निर्माण सानो योगदान पुर्‍याउन पाएकोमा खुरी व्यक्त गरे । सर्वेक्षण अनुसार सुर्तीजन्य पदार्थ सेवन गर्ने लत छाड्न चाहने धेरै देखिएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने डा.पहारीले बताए । आगामी बजेटमा सुर्तीजन्य पदार्थमा कर बढाउन सकियो भने त्यो देशका लागि र नागरिकको स्वास्थ्यका लागि राम्रो हुने उनको भनाइ छ ।

प्रतिष्ठानले सातै प्रदेशका गरी हिमाली ५, तराईका ६ र ७ पहाडी जिल्ला गरी १८ जिल्लाका १५८७ जनामा सर्वेक्षण गरेको प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : ४० बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल