भौतिक संरचना अभाव भए पनि बिरामीलाई सेवा दिइराख्नु : मन्त्री यादव | Khabarhub Khabarhub

भौतिक संरचना अभाव भए पनि बिरामीलाई सेवा दिइराख्नु : मन्त्री यादव


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पतालको अनुगमन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले आज अस्पताल अनुगमन गरेका हुन् ।

उनले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेशीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएका हुन् ।

मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अहिले भौतिक संरचनाको अभाव भए पनि बिरामीलाई उपचार सेवा दिइराख्नुपर्ने उनले बताए । चिकित्सक र उपकरणको अझै धेरै आवश्यकता रहेको मन्त्री यादवले बताए । अस्पतालको निर्माणाधीन भवनको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

हस्तान्तरण भएपछि ती समस्या हल भएर जाने छ । अनुगमनका क्रममा मन्त्री यादवले भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताए । उनले भने, ‘यसको दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिन्छु ।’  मन्त्री यादवले अस्पतालमा भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताए ।

मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन गर्न आवश्यक छ । बाहिरी क्षेत्रबाट चिकित्सक सप्तरीमा आउन नमान्ने भएकाले अस्पतालमा मेडिकल शिक्षा सञ्चालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने मन्त्री यादवले बताए । अहिले अस्पतालमा चिकित्सक र उपकरणसहित जनशक्ति र भौतिक संरचनाको आवश्यकता देखिएको उनले जानकारी दिए ।

‘भौतिक संरचना अन्तिम चरणमा छ नै आवश्यकमात्रामा चिकित्सकको व्यवस्था गरेर राम्रो उपचार दिने स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्ने ढङ्गले अगाडि बढाउने मेरो प्रयास छ’, उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ०६ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका