डोल्पाको जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा « Khabarhub

डोल्पाको जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

डोल्पा– हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ । गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिए ।

मर्मतका लागि बन्द भएको ३८ दिनमा काम अन्तिम चरणमा पुगेकाले अब ढिलामा एक साताभित्रै सबै काम सम्पन्न हुने शाहीले बताए । ‘डोल्पावासीका लागि यातायातको प्रमुख एवं भरपर्दो साधन हवाई यातायात नै भएकाले अहोरात्र काम भइरहेको छ, त्यसमा पनि स्थानीय युवा व्यवसायीको सक्रियताका कारण पनि काम छिटो भयो’, शाहीले भने ।

सकेसम्म वैशाख १ गतेभित्रै हवाई सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । निर्माणको जिम्मा आजीवन तामाङ मरिन जेभी धादिङले मूल्य अभिवृद्धि करसहित रु छ करोडमा लिएको छ । विमानस्थलको धावनमार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि एक सय ८५ मिटर स्तरोन्नति गरिएको हो ।

धानवमार्ग जीर्ण भएकै कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीले पनि पटक–पटक उडान गर्न नसकिने बताउँदै आएका थिए । विमानस्थल मर्मतको काम सकिएपछि सहजरूपमा हवाईजहाज आवतजावत गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।