जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानव जातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन् । ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उनले बताए ।

विश्व ध्यान दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैँभित्रको भावना जागृत गराउने,  भ्रमबाट सत्य तथा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाउने साधना भएको बताए । उनले बुद्ध र बुद्धिज्म शान्तिका लागि विशेष महत्त्वपूर्ण विषय भएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराधजन्य कार्यमा संलग्न हुने, अरूलाई दुःख दिने कुरामा जोडिने मान्छे ध्यान साधनामा तल्लीन हुन नसक्ने बताए ।

सो अवसरमा नेपालस्थित चिनियाँ राजदूत छन् सोङले चीन र नेपालको सम्बन्ध हिमाल र नदीबाट मात्रै नभई बुद्ध र बुद्धिज्ममार्फत पनि जोडिएको बताए । उनले नेपाल बुद्धिज्मको मुहान भएको उल्लेख गर्दै प्राचीनकालदेखि नै नपाल र चीनको सम्बन्ध मैत्रीपूर्ण भएको बताए। अरनिको, भृकुटीजस्ता नेपालीहरू चिनियाँका पनि गौरव भएको उनको भनाइ थियो ।

राजदुत सोङले आधुनिक संसारमा मान्छेलाई शान्त र आनन्दका लागि लुम्बिनीबाट विशेष सन्देश प्रवाह गर्न सकिने बताए । लुम्बिनीको पर्यटन प्रवर्द्धनमा नेपाल र चीनको भातृत्व तथा साथीत्वको भावनाले थप मद्दत पुर्‍याउने उनको भनाइ थियो ।

लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावासको सहकार्यमा विश्व ध्यान दिवसको अवसर पारेर आज लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरको पवित्र उद्यान क्षेत्रमा भिक्षु, भिक्षुणी, अन्य सर्वसाधारणलगायतले ध्यान गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ३७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार