लाङटाङ पदमार्गमा पर्यटकको निधन « Khabarhub

लाङटाङ पदमार्गमा पर्यटकको निधन


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

रसुवा – लाङटाङको भ्रमण सम्पन्न गरी फर्कँदै गर्दा लाङटाङ पद मार्गमा एक पर्यटकको आज निधन भएको छ ।

आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ झर्दै गरेका राहदानी नं १४०९८८८२९ का ६७ वर्षीय बेलायती नागरिक काटर माइकल पावल लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रबाट बेहोश अवस्थामा हवाई उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पु-याउँदा चिकित्सकले अहिले साँझ ६.३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दए ।

बोकेर दुई घण्टाको ओरालो बाटो झारेपछि उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पुगेको र भौगोलिक विकटता र जङ्गल भएका कारण अवतरण गर्ने स्थान समेत नभएकाले अल्टिच्युट एयरको माइक एक्स्रे कलसाइन भएको हेलिकप्टरले लङलाइन मार्फत उद्धार गरेको प्रहरीले जनाएको छ ।

लाङ्टाङ खोलादेखि सुरक्षित तवरले लङलाइन मार्फत समथर स्थानमा पु¥याई जहाजभित्र राखेर क्याप्टेन आनन्द थापाले तत्काल अस्पताल पु¥याएको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : १० बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६