बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने | Khabarhub Khabarhub

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा रुपमा प्रयोग गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा भाषा प्रयोगको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नेवारी र तामाङ भाषा आजदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन लागेको जानकारी दिए ।

बज्राचार्यका अनुसार भाषा कार्यान्वयनको घोषाणा अघि वसन्तपुरबाट विभिन्न वेषभूषा र झाँकीसहितको ¥यालीले काठमाडौं नगरको परिक्रममा गर्ने जानकारी दिए ।

बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजको प्रयोगमा ल्याइने खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ४८ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१