पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिने बताए ।

उनले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताए ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ मा विनियोजन गरेको एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।

शिलान्यासपछि खोटाङ प्रदेशसभा (१)का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।

हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा अतिथिगृह निर्माणाधीन छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : २३ बजे

१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि