चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई « Khabarhub

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा चार खेल बाँकी छँदै रियल म्याड्रिडले उपाधि जितेको हो ।

गएराती सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४–२ गोल अन्तरले पराजित गरेसँगै रियल मड्रिडका लागि लिगको उपाधि सुनिश्चित भएको हो ।

गएराती नै सम्पन्न खेलमा रियल मड्रिडले काडिजलाई ३–० गोलले पराजित गरेको थियो ।

ला लिगामा रियल मड्रिड को ३४ खेलबाट ८७ अंक भएको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ७४ अंक छ । अंकका आधारमा अबका चारवटै खेल हारे पनि रियल मड्रिडको उपाधि सुरक्षित भएको छ ।

योसँगै रियल मड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिड सबैभन्दा बढी ला लिगाको उपाधि जित्ने क्लब हो ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ३७ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म