रुस युक्रेन युद्धको मारमा आप्रवासी | Khabarhub Khabarhub

रुस युक्रेन युद्धको मारमा आप्रवासी


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य भए। अन्य देशका विद्यार्थीको दुःख त झन् सही नसक्नुको थियो। सीमा पार गर्ने क्रममा अफ्रिका र एसियाली महादेशमा धेरै विद्यार्थी माथि रङ्गभेद भएको तथा जीवन बचाउन अझ धेरै कठिनाइ भएको समाचार बाहिर आएका थिए। युद्ध सुरु भएको समयमा युक्रेनमा ७० हजार विदेशी विद्यार्थी अध्ययन गरिरहेका थिए।

७० हजार मध्ये धेरैको जीवन अस्तव्यस्त नै बनेको थियो। धेरै जसो त अध्ययन नै पुरा नगरी घर फर्किए। युक्रेन मात्र होइन, युद्धका कारण अन्य धेरै देशका आप्रवासीलाई समस्या परेको छ। आप्रवासी विद्यार्थीको दुःख अझ बढी छ। यस दुखसँगै कामदारको दुःख पनि कमी छैन।

त्यस समयमा सबै भन्दा धेरै पीडामा चिकित्सा क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी थिए। २६ वर्षीय कोरिन स्काई चिकित्सा क्षेत्रको दोस्रो वर्षका विद्यार्थी थिए।

त्यो समयको दुःख सम्झने अझै छन्। अफ्रिकी र एसियाली १० घण्टासम्म लाइनमा कुरेर बसेका थिए। त्यसपछि उनीहरू सीमामा गएर बसेका थिए। बिचमा पढाइ सकिएपछि फेरि कसरी गर्ने भन्ने आप्रवासी विद्यार्थीको कुनै ठेगान नै थिएन। यसरी अप्ठेरोमा पर्नेहरू युक्रेनमा अध्ययनका लागि जानेहरू मात्र थिएनन्, रुसमा अध्ययनका लागि जानेहरू पनि थिए।

त्यो युद्ध सुरु भएपछि धेरै जना विदेशी घर फर्किएका थिए। त्यसको केही महिनापछि त्यहाँ परीक्षा चलेको थियो। युक्रेनका विश्वविद्यालयले अनिवार्य परीक्षा दिन फर्कन भनेका थिए। उनीहरू नफर्केका कारण उनीहरूको पढाइ बिचमा नै रोकिएको हो। युक्रेनले पछि एउटा नीति ल्याए पनि त्यो पूर्ण थिएन। यसरी पढाइ बिचमा छाड्नेहरू नै धेरै जसो अफ्रिकी तथा एसियाली थिए।

पश्चिम युक्रेनमा रहेको र्टोसपिल टोर्सपिल युनिभर्सिटीमा अध्ययन गर्ने पनि थिए। कुनै मेडिकल स्कुल तथा विश्वविद्यालयले अनलाइन परीक्षाको व्यवस्था त गरेका थिए। परन्तु उनीहरूले कक्षा लिन नै पाएपछि यसको असर परीक्षामा हुने नै भयो। एक विद्यार्थीका लागि गरिएको वार्षिक चार हजार अमेरिकी डलर त्यत्तिकै खेर गएको थियो। धेरै अफ्रिकी विद्यार्थीको बिचमा रुवाबासी नै थियो। उनीहरू युक्रेन छाड्ने क्रममा आफ्ना अभिभावकले चिकित्सक बनाउने चाहनासहित ऋण गरेको सम्झी रहेका थिए।

युक्रेन छाडेका करिब दुई वर्षपछि केही राहत नमिलेको भने होइन। अनलाइन परीक्षाका समाचारले उनीहरूलाई राहतका महसुस भएको हो।

नाइजेरियाकी मेरी दुई वर्षअघि लाखौँ जनाले रातारात भागेर युक्रेन छाडेको सम्झिरहेकी छन् । युद्धको सुरुवात भन्दा अघि युक्रेनलाई चिकित्सा क्षेत्रको विद्यार्थीको हब नै मान्ने गरिन्थ्यो। यसरी युक्रेनमा पुगेर चिकित्सा क्षेत्रको अध्ययन गर्ने विद्यार्थी धेरै जसो अफ्रिकी थिए। कुल विद्यार्थीको २५ प्रतिशतले त्यहाँ अध्ययन गरेका थिए। त्यस समयमा उनी पोल्यान्डको सीमा हुँदै बाहिर निस्केकी थिइन्। त्यसै समयमा उनलाई फेरि विश्वविद्यालयमा फर्कन नपाइने जनाएको थियो।

युद्धको सुरुवात भन्दा अघि युक्रेनलाई चिकित्सा क्षेत्रको विद्यार्थीको हब नै मान्ने गरिन्थ्यो। यसरी युक्रेनमा पुगेर चिकित्सा क्षेत्रको अध्ययन गर्ने विद्यार्थी धेरै जसो अफ्रिकी थिए।

सन् २०२३ मा भने युक्रेनी शिक्षा मन्त्रालयले संसारका धेरै स्थानमा लिखित परीक्षा दिने व्यवस्था मिलाएको थियो। यसरी लिखित परीक्षा दिन पाइने स्थानमा पोल्यान्ड, हंगेरी, जर्मनी र नाइजेरियामा परीक्षा केन्द्र तयार गरेर युक्रेनी विश्व विद्यालयको लिखित परीक्षाको तयारी गरिएको हो।

नाइजेरियाकी मेरीले अहिले आफ्नो अनुभव सुनाउँदै उत्साहित भएको बताएकी छिन्। पहिलो प्रयासमा त उनी असफल भएकी थिइन्। दोस्रो प्रयासमा मात्र उनलाई सफलता मिलेको हो। एमबिबिएस सकिए पछि उनी अहिले महिला रोग विशेषज्ञ बन्ने तयारीमा जोडले लागेकी छिन्।

यो समस्या युक्रेनको मात्र होइन, रुसको पनि हो। त्यहाँ युद्ध सुरु भएयता एक किसिमको खराब अवस्थामा रुसमा रहेका आप्रवासी विद्यार्थीको पनि छ। चीन, काजकिस्तान, उज्बेकिस्तान र तुर्केमिनिस्तानका विद्यार्थीको त्यस समयमा अध्ययनमा केन्द्रित रहेका थिए। यसरी रुसमा पुग्नेमा भारतीय पनि धेरै थिए। सन् २०२० मा मात्र १५ हजार ८०३ भारतीय विद्यार्थी रुसमा अध्ययनका लागि गएका थिए। त्यसै अत्यधिक मात्रमा इजिप्टका विद्यार्थी थिए।

चीन, काजकिस्तान, उज्बेकिस्तान र तुर्केमिनिस्तानका विद्यार्थीको त्यस समयमा अध्ययनमा केन्द्रित रहेका थिए। यसरी रुसमा पुग्नेमा भारतीय पनि धेरै थिए।

त्यहाँ रहने आप्रवासी खेलाडीको दुःख मात्र होइन, विदेशमा रहेका रुसी तथा युक्रेनी विद्यार्थीको दुःख पनि त्यत्तिकै छ। रुसमा बढेको आर्थिक समस्याका कारण उनीहरू सही समयमा शुल्क तिर्न नै असफल रहेका छन्।

युद्ध सुरु भएपछि कतिपय ठुला शक्ति रुस विरुद्धमा आफूलाई केन्द्रित गर्न लागि परेका थिए। रुसले युद्धको घोषणा गर्ने बित्तिकै अमेरिका र युरोपेली देशले आफ्नो एक्सचेन्ज कार्यक्रम भङ्ग गरेका थिए। रुसमा रहेका धेरै विद्यार्थी त त्यसपछि अलपत्र नै परेका थिए।

पछिल्लो समय एउटा समाचार प्रकाशमा आएको थियो। रुसमा रहेका धेरै मध्य एसियाली आप्रवासी विद्यार्थी बिचमा नै सबै छाडेर देशमा फर्कन पर्ने अवस्था आएको थियो। काम गर्दै र पढ्दै गर्ने उनीहरूका लागि सो समस्या आएको हो। रुसमा बढेको आर्थिक समस्याले बेरोजगारी समस्या पनि बढेको छ। त्यसको असर आप्रवासी विद्यार्थीमाथि नै सबै भन्दा धेरै परेको छ।

त्यहाँ ज्याला दर पनि घटेको छ। धेरै कामदारको ज्याला घटेपछि उनीहरू देश फर्कने मोह अझ धेरै बढ्न थालेको छ। युक्रेन र रुसमा केही फरक अवस्था छ। युक्रेनमा काम गर्ने अवस्था त छैन।

रुसले मध्य एसियाली माथि अर्को नीति पनि लिएको छ। युद्धमा कब्जा गरिएका युक्रेनका क्षेत्रमा काम गर्न लगाउने रुसी नीति बनेको छ। रुसमा बसोबास गर्ने मध्य एसियाली मध्य १३ लाखले २०२३ को पहिलो तीन महिनामा नै छाडेका थिए।

अध्ययनका लागि गएकाहरूमा भने समस्या धेरै परेको हो। रुसमा भने काम गर्नकै लागि जानेहरूको पनि कमी थिएन। यसरी रुसलाई गन्तव्य बनाउने आप्रवासी कामदारको पछिल्लो समयको आकर्षण अन्य सोभियत गणराज्य बनेका छन्। एक दशक भन्दा बढी रुसमा बिताएका जोयर कुर्मानोभ पछिल्लो समय ताजकस्तान पुगेका छन्। एकै पटक तलब घटेका कारण उनी ताजकस्तान पुगेका हुन्।

रुसले मध्य एसियाली माथि अर्को नीति पनि लिएको छ। युद्धमा कब्जा गरिएका युक्रेनका क्षेत्रमा काम गर्न लगाउने रुसी नीति बनेको छ। रुसमा बसोबास गर्ने मध्य एसियाली मध्य १३ लाखले २०२३ को पहिलो तीन महिनामा नै छाडेका थिए।

रुस र युक्रेन युद्धका कारण आएका सो समस्याको असर त्यहाँ रहेका सबै आप्रवासीमा परेको छ। चाहे ती कामदार हुन् या विद्यार्थी। कतिपयले देशका सरकार आफ्ना नागरिकको सवालमा बढी सचेत छ भने कति देशले त बेवास्ता गरेका छन्। स्रोत : बिबिसी, सिएनएन, भ्वाइस अफ अमेरिका, पाइन्यूज

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ९ : ३४ बजे

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक

क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी

मस्को – रूसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार

बिआरआईमा अनुदान मात्र स्वीकार्यः विमलेन्द्र निधि

जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ,