यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका « Khabarhub

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा मोबाइल फोनको ब्याट्रीको आयु सोही मुताविक बढ्दै जान सकेको छैन । जसका कारण मोबाइल जति उच्चस्तरीय भयो ब्याट्री उति नै कम खप्ने भइदिन्छ । फोन निर्माता कम्पनीहरुका अनुसार मोबाइलका ब्याट्रीहरुको औषत आयु ३ सय देखि ५ सय पटकसम्म चार्ज गर्नका लागि हुन्छ । त्यसपछि ब्याट्रीको क्षमता घट्न थाल्दछ र ब्याट्रीले चार्जलाई राम्रोसँग संग्रह गर्न सक्दैन । तर केही उपाय अपनायौँ भने चार्ज चाँडो हुने  र टिक्ने गर्छ ।

सही तरिकाले कसरी गर्ने मोबाइल चार्ज ? केही टिप्स यस्ता छन्–

मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस्

यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएसजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।

फोन पूरै बन्द गरेर चार्ज गर्ने

मोबाइल फोन चार्जका बारेमा मानिसहरूका आ–आफ्नै तर्क भए पनि मोबाइल चार्ज गर्दा फोन अफ गरेर चार्ज गर्दा चार्ज चाँडो हुने गर्छ । फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ भन्ने पनि गरिन्छ । तर, यो गलत हो । तर, मोबाइल चलाउँदै चार्ज गर्दा भने ब्याट्रीमा समस्या निम्तिन्छ । मोबाइल तात्ने समस्या बढी देखिन्छ ।

मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नु उत्तम

मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहरणका रूपमा एप्पल फोनका लागि उक्त कम्पनीको सुझाव छ कि मोबाइल फोन बिजुलीबाट मात्र चार्ज गर्नुहोस् ।

तापक्रम मिलाउनुहोस्

तात्ने गरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । उदाहरणका लागि एप्पलका अनुसार गर्मीको कारण मोबाइलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।

आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस्

सबै चार्जर एउटै देखिन्छन्, तर एउटै भने कहिल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुरक्षित तरिकाबाट सबैभन्दा राम्रो परिणाम दिन्छ । मोबाइल फोन किन्ने बेलामा सँगसँगै जुन चार्जर आएको हुन्छ आफ्नो मोबाइल फोनलाई सोही चार्जरले चार्ज गर्नु राम्रो हुन्छ । बजारमा पाइने जुन पायो त्यहीँ चार्जर प्रयोग गर्नु मोबाइल फोनकेा ब्याट्रीका लागि हानिकारक हुनसक्छ । चार्जर ठीक भएन भने त्यसले पूरै फोनलाई नै क्षति पूराउन सक्छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १२ : ५४ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो