कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस  « Khabarhub

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म संविधान अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत लिने समय रहेको भन्दै उनले त्यसपछि कोशीको अन्योल हट्ने दाबी गरेका छन् ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले लोकतन्त्रका आधारभूत मान्यता विरुद्ध नउभिने उनको भनाई छ ।

उनले सरकार वैशाख २५ गतेसम्म टिकाउन प्रयास गर्ने तर्क समेत गरे ।

दलका प्रमुख सचेतक गोपाल तामाङले आज कोशी प्रदेशसभा सचिवालयमा पत्रकार भेटघाट कार्यक्रम उनले भने, ‘संविधानले दिएको अधिकारलाई प्रयोग गरेर गए पनि या राजनीतिक निर्णय गरेर गए पनि हामी मुख्यमन्त्री कार्कीलाई सहयोग गर्छौँ । २६ गतेपछि हामी एउटा ट्र्याकमा आउला भन्ने लाग्छ ।’

यसअघि बसेको दलको बहुमत सदस्यले मुख्यमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छ भन्ने धारणा राखेको भए पनि दलको बैठकले सरकार बचाउनुपर्छ भनेर निर्णय गरेको तामाङको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ५४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा