गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ « Khabarhub

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् । उनले बनाउने फिल्मको नाम ‘वसन्त’ राखिएको छ ।

काठमाडौंको कमलादीमा आइतबार एक कार्यक्रमबीच गरिएको उक्त घोषणा अनुसार प्रकाश सपुत अभिनेताका रुपमा रहने भएका छन् ।

यो फिल्मको कथा, निर्देशन र संगीत प्रकाशकै रहने बताइएको छ । यस फिल्मको सुटिङ आगामी भदौदेखि थालिने भएको छ ।

यो फिल्मको नायिकामा स्वस्तिमा खड्का फाइनल भएकी छन् ।

फिल्ममा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायतको अभिनय रहने छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममा कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् ।

यो फिल्म २०८१ को चैते दशैँमा प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको