केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ? « Khabarhub

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत छ । यसले सुरुवाती ८ दिनमा साढे सात करोडभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको वितरक कम्पनी ‘टी–फोल्कस्’ले जनाएको छ ।

यस फिल्मको एक दृश्यमा केकीले कपाल मुण्डन गरेको देख्न सकिन्छ । वास्तवमै उनले फिल्मका लागि कपाल खैरिएकी थिइन् ।

चलचित्र क्षेत्रमा नायिकाहरुले कपाल खौरिएको विषयलाई फिल्म प्रचारको माध्ययम बनाउने प्रवृत्ति छ । प्राथमितका साथ कपालको विषय ‘हाइलाइट’ गरेको देख्दै आएका छौं ।

तर, केकीले फिल्म प्रचारका क्रममा यसलाई ‘मसला’ बनाइनन् । प्रचारको सशक्त माध्यम हुने विषयलाई किन नजरअन्दाज गरिन् त ?

केकीका अनुसार कपाल मुन्डनको विषयलाई प्रचारको साधान नबनाउनुमा दुई कारण छन् । पहिलो– कथामा विश्वास र दोस्रो सामाजिक विषय ।

कपालभन्दा कथा र फिल्मले उठाएको विषयवस्तु प्रचार आवश्यक रहेकाले त्यसलाई निर्माण पक्षले ओझेलमा पारेको उनी दाबी गर्छिन् ।

‘कपालको विषय हामीले सोचेकै हो । तर, फिल्ममा यति धेरै सशक्त पाटोहरु छन्, तिनीहरुलाई नै हाइलाइट गर्नुपर्छ भन्ने लाग्यो । कथामै विश्वास गरौं, त्यही हिसाबले ट्रेलर काटौँं भन्ने लाग्यो ।’

कपाल त्यागको विषयलाई चर्चामा ल्याएर फिल्म प्रचार नगर्नुको अर्को कारण समाजिक प्रभाव रहेको उनी बताउँछिन् ।

नायिकाहरुले नै कपाल त्यागलाई बढावा दिँदा बाध्यात्मक परिस्थितिमा महिलाले मुन्डन गर्ने साहस नगर्ने हुँदा प्रचारको विषय नबनाई जिम्मेवार नायिका र निर्माता बन्न खोजिएको उनी बताउँछिन् ।

‘हामीले कपाल मूल्यवान हुन्छ भन्ने भाष्य निर्माण गर्दा कति महिलाहरुलाई काट्न आँट नआउने हुन्छ । कपाल काट्ने कुरा भारी हो भन्ने हुँदो रहेछ, त्यो पनि नहोस् भन्ने सोचाइ हो’, उनले सुनाइन् ।

फिल्मको नायक– सुपला

यो फिल्मबाट अभिनय क्षमताले चर्चामा आएकी अर्को पात्र हुन्– बालकलाकार सुपला सापकोटा । तर निर्माण पक्षले उनलाई फिल्म प्रदर्शनअघि हाइलाइट गरेको थिएन ।

बहुसंख्य दर्शक र समालोचकले सुपला (जुनु)लाई फिल्ममा नायकको संज्ञा दिएका छन् । कारण– उनको अभिनय सशक्त छ । केकी स्वयम् पनि सुपलालाई फिल्मको ‘ठूलो शक्ति’का रुपमा स्वीकार्छिन् ।

यद्यपि सुपलको चर्चा फिल्म प्रदर्शनमा आएपछि मात्रै भएको हो । उनीबारे केकी भन्छिन्, ‘हामीलाई के थाहा थियो भने– जतिबेला फिल्म प्रदर्शनमा आउँछ, उसकै चर्चा हुन्छ । उसको अभिनय एकदमै प्राकृतिक छ भन्ने हामीले महसुस गरेका थियौँ ।’

दर्शकको मुखबाट सुपलाको अभिनयको प्रशंसा र प्रचार हुँदै उचित हुने मानसिकतासहित उनलाई प्रचारको माध्यम नबनाएको केकी बताउँछिन् ।

उनी थप्छिन्, ‘जुनुको अभिनय जीवन्त छ । यो फिल्म सानी जुनुकै कथा हो । र, यसलाई हामीले सिनेमा हलकै लागि साँचिरहेका थियौँ ।’

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ३२ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक