मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी « Khabarhub

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी सैफुद्धिन नसुत्तिन इस्माइलसँग फोन वार्ता गरेका छन्।

गृहमन्त्री लामिछानेसँग भएको उक्त फोन वार्ताबारे मलेसियन मन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलले सामाजिक सञ्जलबाटै पुष्टि गरेका छन् ।

गत मंगलबार भएको उक्त फोन वार्ताको विवरण मलेसियन गृहमन्त्रीले सार्वजनिक गरेपछि जानकारीमा आएको हो ।

मलेसियन गृहमन्त्रीले आफूले कार्यभार सम्हालेपछि पहिलो पटक नेपालका समकक्षीसँग संवाद भएको खुलाएका छन् ।

मलेसियन मन्त्रीले उक्त फोन वार्ताका क्रममा दुई देशको सुरक्षा अवस्था, प्रवासी मजदुरको अवस्थासहितका विषयमा कुरा भएको जानकारी दिएका छन् ।

तर, नेपाली समकक्षीले सहकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका ग्यालेस्टी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) बारे भएको कुराकानीबारे केही खुलाएका छैनन् ।

तर नेपाली गृहमन्त्रीको सचिवालयले उक्त वार्ताका क्रममा मलेसियामा लुकेर बसेका भनिएका जीबी राईबारे पनि कुराकानी भएको जानकारी दिएको छ ।

यसअघि लामिछानेले जीबीलाई आफू गृहमन्त्री भएको २४ घण्टामा सार्वजनिक गर्ने सार्वजनिक भाषण दिएका थिए । तर हालसम्म उनले जीबीलाई मलेसियाबाट नेपाल ल्याउन सकेका छैनन् ।

गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेले पनि जीबी राईको खोजीका लागि गृहमन्त्रीले विभिन्न कोणबाट छलफल चलाइरहेको बताएका छन् । उनले खबरहबलाई भने, ‘गृहमन्त्रीज्यूले खोजी गरिरहनु भएको छ । अनुसन्धानको विषय भएकाले सबै कुरा हामीले भन्ने कुरा भएन ।’

न्यौपालेले गत मंगलबार फोनमा मलेसियाका गृहमन्त्री नसुत्तिनसँग कुरा भएको पुष्टि गरे । ‘कुनै एक व्यक्तिबारेमा मात्रै फोनमा कुरा भएन । दुई देशको समग्र सम्बन्धको अवस्था र राष्ट्रिय सुरक्षा हित जोगाउनेबारे छलफल भयो ।’

पोखरा र बुटवलसहितका ठूला सहकारीको करोडौँ ठगी प्रकरणमा मुछिएका राई मलेसियामा रेस्टुरेन्ट चलाएर बसेको चर्चा चलिरहेको छ । तर यसको आधिकारिक पुष्टि गृहमन्त्री र नेपाल प्रहरीले गर्न सकेका छैनन् ।

यद्पि मलेसियासँग सुपुर्दगी सन्धीलगायत नभएकाले जीबीलाई झिकाउन मुस्किल परेको तर्क सरकारका अधिकारीहरू गरिरहेका छन् ।

जीबी मलेसियामै रहेको निष्कर्षसहित प्रहरीले पनि अनुसन्धान अघि बढाइरहेको छ । यसबारेमा आईजीपी वसन्त कुँवरले पनि मलेसियास्थित समकक्षीसँग कुराकानी गरेको बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ४७ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्