ज्ञानुकाको गुनासो- 'डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो'  | Khabarhub Khabarhub

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा सङ्कटमा परेको छ ।

रामेछाप नगरपालिका–७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन सुरु गरेकी ज्ञानुकालाई जङ्गलबाट टिपेर ल्याउनुपर्ने सालको पात पाउनै मुस्किल छ ।

रामेछाप नगरपालिकाले सालको पातको उक्त सामान बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचकासाथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वनमा आगलागीले सखाप बनायो । दुना टपरी र बोतो व्यवसाय गरेर दैनिक घर खर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो ।

बिशेषगरी यो धार्मिक र सामाजिक कार्यमा प्रयोग हुने गर्दछ, चोखा सामग्रीको रूपमा लिइने यी सामग्री, श्राद्ध, रुद्री पूजा, विवाह व्रतबन्ध, न्वारान र मृत्यु संस्कारका लागि समेत यो उपयोगी बस्तुका रूपमा मानिन्छ । आफूले व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदीबहिनीलाई समेत समेटेकी थिइन् । उनले २० जनाको समूहसमेत बनाइसकेकी थिइन् । ती सबै महिला दिदीबहिनीलाई समेत काम सिकाएर व्यवसायमार्फत आत्मनिर्भर बनाउने उनको सोच थियो ।

जिल्लामा विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जङ्गल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ ।

जङ्गलमा खेर गइरहेको सालको पातबाट दुना टपरी, बोतो बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिकासँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागि दुई लाख रुपैयाँ दिएको हो ।

वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की व्यवसायी सिर्जना कार्की बताउँछिन् । टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हदसम्म भए पनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो । तर सिर्जनाको यो इच्छा पनि इच्छामै सीमित रह्यो । घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी थिइन्। तर वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ ।

ज्ञानुकाले सालको पात प्रतिकेजी  ३० रुपैयाँमा किन्ने गरेकी थिइन् । त्यसबाट उत्पादन गरेको टपरी १० रुपैयाँ प्रतिगोटा र बोता तथा दुना पाँच रुपैयाँ प्रतिगोटाले बिक्री गर्दै आएकी थिइन् । उनले भनिन् ‘अहिले डढेलोले जङ्गल सखाप पार्‍यो यो सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो । डढेलोले जङ्गल सखाप भएपछि सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी समेत खोसियो ।’

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जङ्गलमा आगो लगाउने जोसुकैलाई कडा कारबाही गरिने बताएकी छन् । उनले जङ्गलमा आगो लगाउनेको पहिचान गर्न डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाईसमेत निर्देशन दिई डढेलो लाग्नबाट बचाउनसमेत अनुरोध गरिन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ३४ बजे

आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघको प्यानल नै विजयी

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आयुर्वेद क्याम्पस कीर्तिपुरको को

नौ महिना अन्तरिक्षमा बिताएर पृथ्वीमा आइपुगे बच र सुनी

फ्लोरिडा – नौ महिना अन्तरिक्षमा बस्न बाध्य भएका अन्तरिक्ष यात्री

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ- बागलुङमा पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा

कीर्तिपुर अस्पतालमा जलनकै बिरामीलाई बेड अभाव

काठमाडौं – जलनको उपचारका लागि प्रमुख मानिएको कीर्तिपुर अस्पतालमा जलनकै

कटहरका रूख सुकेपछि किसान चिन्तित

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिकामा कटहरका रूख सुक्न थालेपछि किसान चिन्तित