पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड « Khabarhub

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका कृपाशुर शेर्पा एमाले भोजपुर जिल्ला कमिटीको उपाध्यक्षमा पराजित भएका छन् ।

आठौं अधिवेशनबाट अध्यक्ष बनेका शरणकुमार राईको प्यानलबाट उपाध्यक्षमा भिडेका शेर्पलाई पौवादुङ्‍मा गाउँपालिकाका अध्यक्ष किरणकुमार राईले पराजित गरेका हु्न् ।

शेर्पासँगै निवर्तमान अध्यक्ष राई पनि पराजित भएका छन् । राईलाई निवर्तमान उपाध्यक्ष मकरबहादुर खड्काले फराकिलो अन्तरमा हराएका छन् ।

भोजपुरमा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले खड्का प्यानललाई जिताउन खुलेर मोर्चाबन्दी गरेका थिए । उता राईसँग करिब १२ वर्षदेखि तिक्तापूर्ण सम्बन्ध रहेका शेर्पाले उपाध्यक्षमा दाबेदारी दिएका थिए । तर स्थायी कमिटी सदस्य राईनिकट गाउँपालिका अध्यक्ष किरण राईसँग उनी १०४ मतले पराजित भए ।

राईले ३ सय २० मत ल्याउँदा प्रतिद्वन्द्वी शेर्पा ११६ मतमा समेटिए । उता अध्यक्षमा खड्काले ३१५ मत ल्याउँदा राईले २२३ मत पाएका छन् ।

पदाधिकारी अध्यक्षदेखि उपसचिवसम्म सेट नै खड्काको प्यानल आएको छ । जिल्ला कमिटी सदस्यमा पनि खड्का प्यानलले बहुमत बनाएको छ ।

अध्यक्षमा पराजित राई यसअघि नेकपा हुँदा समानान्तर कमिटी बनाएर जिल्ला अध्यक्ष भएका थिए । त्यसबेला उनी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल गुटमा थिए ।

यता खड्का स्थायी कमिटी सदस्य राई नेतृत्वको गुटमा थिए । शेरधन राई प्रदेश १ को मुख्यमन्त्री हुँदा खड्का स्वकीय सचिव थिए । भोजपुरमा आफ्नो गुट संकटमा परेपछि जिल्लाको नेतृत्वमा स्थापित गर्ने आश्वासनसहित खड्कालाई उनले भोजपुर फर्काएका थिए ।

शेर्पा पर्यटनमन्त्री हुँदा पनि खड्का उनको स्वकीय सचिववका रुपमा काम गरेका थिए । अनेरास्ववियुको सचिवसमेत बनेका उनी शेर्पाको साथ छाड्दै स्थायी कमिटी सदस्य राईनिकट बनेका थिए ।

उता स्थायी कमिटी सदस्य राई र शेर्पाबीच कुनै बेला निकट सम्बन्ध थियो । तर शेर्पा पर्यटनमन्त्री बन्दा यी दुई नेताको सम्बन्ध बिग्रिएको थियो ।

कुनै बेला शेरधनका निकट आर्थिक सहयोगी बनेका शेर्पा पर्यटमन्त्री बन्दा कान्छी पत्नीको छोरोबारेको मुद्दा उछालेको भन्दै रिसाएका थिए । त्यसयता बिग्रिएको सम्बन्ध एमालेको नवौँ जिल्ला अधिवेशनमा पनि देखियो ।

शेर्पाले आफ्नो पारिवारिक झगडा सञ्चारमाध्यममा लगिदिएको आरोप शेरधनमाथि लगाउँदै आएका छन् । उता शेरधनले बालिका खड्का नामकी युवतीलाई आफ्नो बदनाम गर्न शेर्पाले खर्च नै दिएर प्रयोग गर्दै आएको बताइरहेका छन् । बालिका कुनै बेला युवासंघ नेपालकी केन्द्रीय सदस्यसमेत थिइन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ५१ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट