पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड « Khabarhub

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका कृपाशुर शेर्पा एमाले भोजपुर जिल्ला कमिटीको उपाध्यक्षमा पराजित भएका छन् ।

आठौं अधिवेशनबाट अध्यक्ष बनेका शरणकुमार राईको प्यानलबाट उपाध्यक्षमा भिडेका शेर्पलाई पौवादुङ्‍मा गाउँपालिकाका अध्यक्ष किरणकुमार राईले पराजित गरेका हु्न् ।

शेर्पासँगै निवर्तमान अध्यक्ष राई पनि पराजित भएका छन् । राईलाई निवर्तमान उपाध्यक्ष मकरबहादुर खड्काले फराकिलो अन्तरमा हराएका छन् ।

भोजपुरमा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले खड्का प्यानललाई जिताउन खुलेर मोर्चाबन्दी गरेका थिए । उता राईसँग करिब १२ वर्षदेखि तिक्तापूर्ण सम्बन्ध रहेका शेर्पाले उपाध्यक्षमा दाबेदारी दिएका थिए । तर स्थायी कमिटी सदस्य राईनिकट गाउँपालिका अध्यक्ष किरण राईसँग उनी १०४ मतले पराजित भए ।

राईले ३ सय २० मत ल्याउँदा प्रतिद्वन्द्वी शेर्पा ११६ मतमा समेटिए । उता अध्यक्षमा खड्काले ३१५ मत ल्याउँदा राईले २२३ मत पाएका छन् ।

पदाधिकारी अध्यक्षदेखि उपसचिवसम्म सेट नै खड्काको प्यानल आएको छ । जिल्ला कमिटी सदस्यमा पनि खड्का प्यानलले बहुमत बनाएको छ ।

अध्यक्षमा पराजित राई यसअघि नेकपा हुँदा समानान्तर कमिटी बनाएर जिल्ला अध्यक्ष भएका थिए । त्यसबेला उनी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल गुटमा थिए ।

यता खड्का स्थायी कमिटी सदस्य राई नेतृत्वको गुटमा थिए । शेरधन राई प्रदेश १ को मुख्यमन्त्री हुँदा खड्का स्वकीय सचिव थिए । भोजपुरमा आफ्नो गुट संकटमा परेपछि जिल्लाको नेतृत्वमा स्थापित गर्ने आश्वासनसहित खड्कालाई उनले भोजपुर फर्काएका थिए ।

शेर्पा पर्यटनमन्त्री हुँदा पनि खड्का उनको स्वकीय सचिववका रुपमा काम गरेका थिए । अनेरास्ववियुको सचिवसमेत बनेका उनी शेर्पाको साथ छाड्दै स्थायी कमिटी सदस्य राईनिकट बनेका थिए ।

उता स्थायी कमिटी सदस्य राई र शेर्पाबीच कुनै बेला निकट सम्बन्ध थियो । तर शेर्पा पर्यटनमन्त्री बन्दा यी दुई नेताको सम्बन्ध बिग्रिएको थियो ।

कुनै बेला शेरधनका निकट आर्थिक सहयोगी बनेका शेर्पा पर्यटमन्त्री बन्दा कान्छी पत्नीको छोरोबारेको मुद्दा उछालेको भन्दै रिसाएका थिए । त्यसयता बिग्रिएको सम्बन्ध एमालेको नवौँ जिल्ला अधिवेशनमा पनि देखियो ।

शेर्पाले आफ्नो पारिवारिक झगडा सञ्चारमाध्यममा लगिदिएको आरोप शेरधनमाथि लगाउँदै आएका छन् । उता शेरधनले बालिका खड्का नामकी युवतीलाई आफ्नो बदनाम गर्न शेर्पाले खर्च नै दिएर प्रयोग गर्दै आएको बताइरहेका छन् । बालिका कुनै बेला युवासंघ नेपालकी केन्द्रीय सदस्यसमेत थिइन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ५१ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन