जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने « Khabarhub

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन गर्ने निर्णय गरेको अशोक राई नेतृत्वको समूहले अहिलेकै सरकारलाई निरन्तरता दिने भएको छ ।

यादव नेतृत्वको जसपा नेपाल छाडे र जनता समाजवादी पार्टी दर्ताका लागि पुगेका सांसद र नेताहरूले अहिलेको एमाले र माओवादी नेतृत्वको गठबन्धनमै बस्ने बताएका हुन्।

जसपा नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेता राजेन्द्र श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई ऐतिहासिक भन्दै आफूहरू यसमै रहने बताएका छन्।

श्रेष्ठले जसपा नामको नयाँ हिजोको विधान र नीति तथा कार्यक्रमकै निरन्तरता भएको पनि जिकिर गरे। ‘राजनीतिक दलसम्बन्धी ऐन र नियमावली २०७८ अनुसार विभाजन गरिएको हो । दल विभाजनसम्बन्धी नियमावली २०७८ भदौमा राजपत्रमा प्रकाशित भएको छ’, उनले भने, ‘यही आधारमा हामीसँग प्रतिनिधिसभाका १२ मध्ये ७ जना बहुमत सांसद छन् । कानुनअनुसार हामीले बहुसंख्यक प्रतिनिधिसभाका सांसदहरूसहित जसपालाई नयाँ दलका रुपमा दर्ता गराउँदैछौँ ।’

उनले आफूहरूले अहिलेको सरकार नछाड्ने पनि बताए । ‘सरकारलाई हाम्रो समर्थन रहिरहन्छ। ऐतिहासिक रूपमा बनेको यो सरकारको निरन्तराको पक्षमा छौँ’, उनले भने, ‘राजनीतिक अस्थिरताको चर्चा भइरहेको छ । यस्तो बेलामा हामी सरकार छाडेर नयाँ समीकरणको पक्षमा छैनौँ।’

उता वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले पनि अहिले सरकार छाड्ने पक्षमा नरहेको बताए । उनले यही सरकारमा निरन्तर रहेर नयाँ शक्ति निर्माणमा सक्रिय हुने पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ०२ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)