जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने « Khabarhub

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन गर्ने निर्णय गरेको अशोक राई नेतृत्वको समूहले अहिलेकै सरकारलाई निरन्तरता दिने भएको छ ।

यादव नेतृत्वको जसपा नेपाल छाडे र जनता समाजवादी पार्टी दर्ताका लागि पुगेका सांसद र नेताहरूले अहिलेको एमाले र माओवादी नेतृत्वको गठबन्धनमै बस्ने बताएका हुन्।

जसपा नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेता राजेन्द्र श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई ऐतिहासिक भन्दै आफूहरू यसमै रहने बताएका छन्।

श्रेष्ठले जसपा नामको नयाँ हिजोको विधान र नीति तथा कार्यक्रमकै निरन्तरता भएको पनि जिकिर गरे। ‘राजनीतिक दलसम्बन्धी ऐन र नियमावली २०७८ अनुसार विभाजन गरिएको हो । दल विभाजनसम्बन्धी नियमावली २०७८ भदौमा राजपत्रमा प्रकाशित भएको छ’, उनले भने, ‘यही आधारमा हामीसँग प्रतिनिधिसभाका १२ मध्ये ७ जना बहुमत सांसद छन् । कानुनअनुसार हामीले बहुसंख्यक प्रतिनिधिसभाका सांसदहरूसहित जसपालाई नयाँ दलका रुपमा दर्ता गराउँदैछौँ ।’

उनले आफूहरूले अहिलेको सरकार नछाड्ने पनि बताए । ‘सरकारलाई हाम्रो समर्थन रहिरहन्छ। ऐतिहासिक रूपमा बनेको यो सरकारको निरन्तराको पक्षमा छौँ’, उनले भने, ‘राजनीतिक अस्थिरताको चर्चा भइरहेको छ । यस्तो बेलामा हामी सरकार छाडेर नयाँ समीकरणको पक्षमा छैनौँ।’

उता वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले पनि अहिले सरकार छाड्ने पक्षमा नरहेको बताए । उनले यही सरकारमा निरन्तर रहेर नयाँ शक्ति निर्माणमा सक्रिय हुने पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ०२ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल