उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद « Khabarhub

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झट्का लागेको छ ।

गत फागुन २१ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका यादवलाई सरप्राइज दिँदै जसपाका ७ सांसदले पार्टी विभाजनको निर्णय लिएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी नवलकिशोर साह सुडीसमेत विभाजनतिर लागेका छन् ।

अन्य आकांक्षीहरू प्रदीप यादव र राजकिशोर यादवलाई जिल्याउँदै उपेन्द्र यादवसँगै मन्त्री बनेका सुडी अहिले पार्टी विभाजनतिर लागेका छन् ।

सुडी उपेन्द्र यादवकै गृहजिल्ला सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छन् । यसअघि नेपाली कांग्रेसको समेत समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र महतो पनि पार्टी विभाजनको पक्षमा उभिएका छन् ।

नयाँ दलतिर को को ?

१. अशोककुमार राई (वरिष्ठ नेता)

२.नवलकिशोर साह (वन तथा वातावरणमन्त्री)

३. हसिना खान

४. रञ्जु ठाकुर

५. प्रदीप यादव

६. वीरेन्द्र महतो

७. सुशीला श्रेष्ठ

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ५८ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ