सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो | Khabarhub Khabarhub

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो उपलब्ध गराएका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनाको बयान नसकिएको जनाउँदै सोमबारसम्मका लागि प्रहरीको जिम्मा लगाएर पठाएको हो ।

बयान नसकिएपछि उनलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी प्रहरीको जिम्मा लगाइएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले खबरहबलाई बताए ।

‘उहाँलाई थुनामा पठाइएको होइन । प्रहरीको जिम्मा  लगाइएको हो । उहाँ भोलि १० बजे सर्वोच्च उपस्थित हुनेगरि प्रहरीलाई जिम्मा दिइएको हो । उहाँको कुनै फैसला भएको छैन । बयान सकिएपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ’, उनले भने ।

उनले अनलाइन तथा युट्युब च्यानल सञ्चालन गरिरहेको सिधाकुराका सम्पादकलाई मिडिया मालिकसमेतलाई जोडिएको विवादित टेप उपलब्ध गराएका थिए ।

सर्वोच्च अदालतको अवहेलनासम्बन्धी मुद्दामा सिधाकुराका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानासँग यसअघि नै बयान लिएको छ ।

सर्वोच्चले यही वैशाख २० गते ‘सिधाकुरा डटकम’का प्रकाशक कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि बोलाउन आदेश दिएको थियो । त्यहीअनुसार उनीहरूको बयान जारी छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार उक्त आदेश जारी गरेको थियो ।

‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा हदैसम्मको सजायको माग गरिएको थियो ।

सर्वोच्चले ‘सिधाकुरा डटकम’ले ‘द डार्क फाइल’का नाममा सार्वजनिक गरेको अडिओको प्राविधिक अनुसन्धान गर्न पनि प्रहरीलाई आदेश दिएको थियो ।

‘श्रव्य दृश्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सोसम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुन बमोजिम कारबाहीसमेत अगाडि बढाउनू र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत यस कार्यालयमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने’, आदेशमा भनिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : १० बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि