औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम « Khabarhub

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग प्रथम भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा यही वैशाख २० देखि २२ गतेसम्म सञ्चालित प्रदर्शनीमा देउती झोला उद्योग द्वितीय र पातलगङ्गा हस्तकला सामाजिक उद्यमी समूह सुर्खेत तृतीय भए ।

उत्कृष्ट तीन मध्ये प्रथमलाई रु ४० हजार , द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिए ।

“तीन दिनसम्म भएको प्रदर्शनीमा ४८ उद्योग सहभागी थिए,” उनले भने, “प्रदर्शनी अवलोकनकर्ताको मतदानका आधारमा तीन उत्कृष्ट उद्यमीहरु छनोटमा परेका हुन् ।”

लघु तथा घरेलु उद्योगको प्रवद्धन तथा बजारीकरण गर्ने उद्देश्यले प्रदर्शनीको साथै प्रतियोगिता गरिएको निर्देशक योगीले बताए । निर्देशनालयका लघु औद्योगिक गाम इकाईका सहायक टोपेन्द्र बिसीका अनुसार कर्णालीका दशवटै जिल्लाका लघु तथा घरेलु उद्योग पहिचान, विकास र बजारीकरण विस्तारमा सहयोग पु(याउने उद्देश्यले भएको प्रदर्शनी करिब पाँच हजारले अवलोकन गरेका छन् ।

“प्रतियोगिताले उद्यमीलाई केही हौसला मिलेको छ,” उनले भने, “यहाँको कच्चापदार्थ यहीँ प्रशोधन भएर उत्पादन हुने वातावरण बनेको छ ।”

प्रतियोगितामा दुनाटपरी, खाद्य प्रशोधन, वैकल्पिक ऊर्जा, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेशाजन्य उत्पादन प्रदर्शनी गरिएको थियो ।

निर्देशनालयले प्रतियोगितामा भाग लिन बाहिरबाट आउने उद्योगीलाई दैनिक खाना, खाजा र बासबापत रु सात सय, आउन जान प्रचलित दररेट अनुसारको भाडा रकम र समान ढुवानीबापत रु एक हजार उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ०९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज