अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ? « Khabarhub

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

महासचिवमा मोहम्मद इस्तियाक राई, केन्द्रीय कमिटी ३० सदस्यीय


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ ।

आइतबार खुसिबुमा बसेको नयाँ पार्टीको केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाएको हो ।

पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ पार्टी जसपा नेपालकै निरन्तरता रहेको बताए । त्यहीअनुसार संगठनात्मक संरचना तय गरिएको निर्वाचन आयोग परिसरमा कुरा गर्दै श्रेष्ठले भने ।

जसपा नेपाललाई विभाजित गरिएपछ राईको नेतृत्वमा ७ जना प्रतिनिधिसभाका सांसद र केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका श्रेष्ठले बताएका छन् ।

जसअनुसार अब श्रेष्ठ संघीय परिषद् अध्यक्ष बनेका छन् भने केन्द्रीय कमिटी अध्यक्ष अशोक राई भएका छन् ।

रेणुकुमारी यादवलाई सह-अध्यक्ष बनाइएको छ । उनी जसपा नेपालमा अध्यक्ष उपेन्द्र यादवनिकट नेतृ हुन् ।

उपाध्यक्षमा सप्तरीका नवलकिशोर साह सुडी, तेह्रथुमका रणध्वज लिम्बू,  ताप्लेजुङकी सुशीला श्रेष्ठलाई तोकिएको छ ।

त्यस्तै महासचिवमा बाँकेका मोहम्मद इस्तियाक राईलाई जिम्मेवारी दिइएको छ । उपमहासचिव जिम्मेवारी पर्साका प्रदीप यादवले पाएका छन् ।

सचिवमा धनुषाका दीपक कार्की र सप्तरीकी रञ्जु ठाकुरलाई तोकिएको छ । उता कोषाध्यक्षमा सिरहका डा. वीरेन्द्र महतोलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ०७ बजे

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय