‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला ! | Khabarhub Khabarhub

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल गोर्खे’को छायांकनमा सहभागी भएका छन् ।

धमाला लम्जुङस्थित भुजुङमा पुगेर फिल्ममा आइतबार आफ्नो अंशको छायांकनमा सहभागी भएका हुन् ।

उनी फिल्मको शीर्ष मध्ये एक भूमिकामा अनुबन्ध भएको निर्माण पक्षले बताएको छ । केही दिनअघि मात्रै निर्माण पक्ष र धमालाबीच कागजी सम्झौता भएको थियो ।

फिल्ममा उनी पत्रकारकै भूमिकामा देखिने बताइएको छ । छायांकनका क्रममा खिचिएको उनको तस्बिरबाट पनि उनी पत्रकारकै भूमिकामा रहेको प्रष्ट हुन्छ ।

‘भाइरल गोर्खे’ कमेडी जनराको फिल्म हो । यस फिल्मको कथा सामाजिक सञ्जालमा भाइरल बन्न जस्तोसुकै हर्कत गर्ने पात्रमा आधारित रहेको निर्माण पक्षले बताएको छ ।

निगम श्रेष्ठको निर्देशन रहने यस फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल, नायिका सृष्टि श्रेष्ठ, कलाकार बुद्धि तामाङ, र लक्ष्मी गिरीको मुख्य भूमिका रहेको छ ।

द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको संयुक्त ब्यानरमा बन्न लागेको यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : १४ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको