भारतीय लोकसभा : भाजपा खुम्चियो २४० सिटमा, सरकार बनाउन गठबन्धनको भर « Khabarhub

भारतीय लोकसभा : भाजपा खुम्चियो २४० सिटमा, सरकार बनाउन गठबन्धनको भर


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । गएराति सम्पन्न मत गणनामा एनडीए गठबन्धनले २९२ र इन्डिया गठबन्धनको २३४ सिट प्राप्त गरेका छन् ।

जसमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपा यस पटक २४० सिटमा समेटिएर एकल बहुमत गुमाएको छ ।

भाजपा एक्लै बहुमतबाट चुकेपनि भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ ।

एनडीए अन्तर्गतको तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । एनडीए अन्तर्गतका अन्य दलले २४ सिट जितेका छन् ।

अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।

त्यस्तै यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठूलो दल बनेको छ । यसअघि सन् २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो ।

त्यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठूलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो ।

त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठूलो दल बनेको छ । यसैगरी डिएमके पार्टीले २२ सिट जितेको छ । इन्डिया गठबन्धनमा रहेका अन्य दलले ४७ सिटमा जित हासिल गरेका छन् ।

यस्तै, एनडीए र इन्डिया गठबन्धनबाहेक विभिन्न दलले १७ सिट जितेका छन् । ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

एनडीए र इन्डिया गठबन्धनमा २४–२४ दल आबद्ध छन् ।

 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ८ : ३६ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर