बलर हाबी भएको विश्वकप : कुन बलरका नाममा कस्तो छ रेकर्ड ? | Khabarhub Khabarhub

बलर हाबी भएको विश्वकप : कुन बलरका नाममा कस्तो छ रेकर्ड ?


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

जारी टी-२० विश्वकपको सुरुवातमा केही खेलमा बलर हाबी भए। नामिबिया र ओमन बिचको खेलमा दुवै टोलीले १०९ रन बनाएर खेल सुपर ओभरमा गएको थियो। त्यसैगरी दक्षिण अफ्रिका विरुद्धको खेलमा श्रीलङ्का ७७ रनमा सीमित भएको थियो।

अफगानिस्तानविरुद्धको खेलमा पनि युगान्डा ५८ रनमा सीमित भयो। त्यसो त धरै जसो अन्तर्राष्ट्रिय र ठुला प्रतियोगितामा दक्षिण एसियाली भूमि भन्दा अन्यत्र कम योगफल तयार हुने गरेको छ।

टी-२० विश्वकपको नवौँ संस्करणमा बलर हाबी भएको कुरा नकार्न मिल्दैन। त्यसो त टी २० मा कुन स्कोरलाई राम्रो मान्ने भन्ने यकिन छैन। अथवा कति स्कोर गरेपछि सुरक्षित भन्ने पनि यकिन नहुनसक्छ।

गत महिना सम्पन्न भएको इन्डियन प्रिमियर लिगको खेलमा पन्जाब किङ्ससँग कोलकाता नाइट राइडर्स २६२ रनको लक्ष्य दिँदासमेत पराजित भएको थियो। थुप्रै खेलमा सामान्य योगफल खडा गरेका टोलीहरू त्यसलाई जोगाउन सफल भएको उदाहरण छन्। टी-२० मा प्रति ओभर नौको रन रेटलाई राम्रो रन रेटको रूपमा हेरिन्छ।

ओमानले नामिबियासँगको खेलमा २ बल बाँकी रहँदा १०९ रन जोडेको थियो। नामिबियाका रुबेन, ट्रिम्पलमेनले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। डेभिड विसले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए।

११० रनको लक्ष्य नामिबियाले सहजै पुरा गर्ने अनुमान भए पनि खेलले अर्को रूप लिएको थियो। नामिबियाले ६ विकेट गुमाएर १०९ रन नै बनायो। ओमानका मेरान खानले ३ ओभरमा ७ रन दिएर ३ विकेट नै लिए।

न्युयोर्कमा भएको अर्को खेलमा दक्षिण अफ्रिकासँग श्रीलङ्काले सम्मानजनक पराजयको सामना गरेको थियो। श्रीलङ्काले पहिले ब्याटिङ गर्दै ७७ रन बनाएको थियो। सो खेलमा दक्षिण अफ्रिकाका एन्चरीच र्नोत्जेले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए।

अर्को खेलमा अफगानिस्तानले युगान्डालाई १८६ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानका फजाल हक फारुकीले ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिएपछि युगान्डा ५८ रनमा सीमित भएको हो।

टी-२० खेलमै सबै भन्दा कम योगफलको कीर्तिमान भने इस्ले अफ म्यानको नाममा रहेको छ। सो टोलीलाई स्पेनले १० रनमा सीमित गरेको थियो। यसै वर्षको ८ मेका दिन जापानले मङ्गोलियालाई १२ रनमा सीमित गरेको थियो। यी स्कोरले संसारमै क्रिकेट खेलमा कत्ति देशले विकास गरेका रहेछन् या कति वटा देशमा चासोको खेल हो भन्ने प्रस्ट पारेको छ।

                 ओमानको चार विकेट लिएका नामिबियाका रुबेन ट्रम्पलम्यान। तस्बिरः क्रिकइन्फो

क्रिकेटमा परिचित २ टिम बिचको खेलमा अत्यन्त कम योगफल बनाउने देश भने हङकङ पनि हो। २०२२ मा पाकिस्तानसँगको खेलमा हङकङले १० दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३८ रन बनाएको थियो।

विश्वकपमै भने श्रीलङ्काले नेदरल्यान्ड्सलाई सन् २०१४ मा ३९ रनमा सीमित गरेको थियो। टेस्ट खेल्ने देशकै कुरा गर्ने हो भने सबैभन्दा कमजोर ब्याटिङको कीर्तिमान वेस्ट इन्डिजले राखेको छ।

सन् २०१४ मा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ४५ रनमा सीमित गरेको थियो। टी २० को सबैभन्दा उत्कृष्ट बलिङको कीर्तिमान मलेसियाका स्रेयजाल इद्रुसको नाममा छ। उनले सन् २०२३ मै चीन विरुद्धको खेलमा ४ ओभरमा ८ रन खर्चेर ७ विकेट लिएका थिए।

दुई टेस्ट राष्ट्र बिचको खेलमा यो कीर्तिमान दीपक चाहरको नाममा छ। भारतीय चाहरले सन् २०१९ मा बङ्गलादेश विरुद्धको खेलमा ३ दशमलव २ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएका थिए।

टी-२० विश्वकपमा सबै भन्दा राम्रो बलिङ श्रीलङ्काका अजान्था मेन्डिसको नाममा छ। उनले सन् २०१२ मा जिम्बाबे विरुद्ध ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिएका थिए। त्यस पछिको राम्रो बलिङ रंगना हेराथको नाममा छ। सन् २०१४ मा श्रीलङ्काली बलर हेराथले न्युजिल्यान्डविरुद्धको खेलमा ३ दशमलव ३ ओभरमा ३ रन खर्चेर ५ विकेट लिएका थिए। त्यसपछिको उत्कृष्ट प्रदर्शन फारुकको हो।

इङ्गल्यान्डका साम कुरानले २०२२ को टी-२० विश्वकपमा अफगानिस्तानको विरुद्धमा ३ दशमलव ४ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए।

यसरी सफलता पाउने बलरमा नेदरल्यान्ड्सका असान मलिक समेत छन् र उनले सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा १९ रन खर्चेर ५ विकेट लिएका छन्। अस्ट्रेलियाका एडम जाम्पाले सन् २०२१ मा बङ्गलादेश विरुद्धको खेलमा पनि ४ ओभरमा १९ रन खर्चेर ५ विकेट नै लिएका थिए। अफगानिस्तानमा मुजीबुर रहमानले सन् २०२१ मा स्कटल्यान्डको विरुद्धमा ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिएका थिए।

सन् २०१६ मा बङ्गलादेशका मुस्ताफिकर रहमानले न्युजिल्यान्डको विरुद्धमा २२ रन खर्चेर ५ विकेट लिएका थिए। टी-२० विश्वकपमा एकै पारीमा ५ विकेटको सफलता पाउने अन्य खेलाडीमा अस्ट्रेलियाका जेम्स फल्कनर र श्रीलङ्काका लासिथ मालिङ्गा पनि हुन्।

फल्कनरले २०१६ मा पाकिस्तानविरुद्धको खेलमा २७ रन खर्चेर ५ विकेट लिएका थिए। यसैगरी मालिङ्गाले २०१२ मा इङ्गल्यान्डसँगको खेलमा ३१ रन खर्चेर सो सफलता पाएका हुन्।

मंगलबार राति नेपाल र नेदरल्यान्डसविरुद्धको खेलमा नेपालको ब्याटिङ लाइन धरापन पार्न नेदरल्यान्डसका दुई बलर टिम प्रिन्जल र लोगन भान विकले समान तीनतीन विकेट लिए । यसले नेपाल सामान्य १०६ रनको स्कोरमा समेटियो । कसिलो बलिङ गरे पनि केही क्याच मिस गरेको नेपालले विश्वकपको पहिलो खेल ६ विकेटले गुमाउन पुग्यो ।

यस पटकको विश्वकपमा धेरै खेल बाँकी छन्। तथापि सुरुवाती केही खेल हेर्दा धेरै बल स्विङ पनि भइरहेको छ। बल टर्न पनि भएको छ। टर्निङ पिचका लागि सबै भन्दा उपयुक्त ठहर भारत र पेस बलरका लागि उपयुक्त बिचमा बादशाहै रूपमा आफूलाई उभ्याउन सफल अस्ट्रेलियाको कुनै खेल भएको छैन। सायद यो भन्दा अझ घातक बलिङ स्पेल अबको खेलमा देख्न सकिन्छ। स्रोत : क्रिकइन्फो

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ८ : ५१ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि