‘गाउँ आएको बाटो’मा दयाहाङ : भोजपुरका गाउँले ‘माइला’ « Khabarhub

भिडियो स्टोरी

‘गाउँ आएको बाटो’मा दयाहाङ : भोजपुरका गाउँले ‘माइला’


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०८० मा सबैभन्दा बढी आठ फिल्म दिने अभिनेता हुन्- दयाहाङ राई। तर उनका पछिल्ला फिल्म ‘बक्स अफिस’मा सुदख सावित भएका छैनन्।

यो वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘डिग्री माइला’ र ‘मनसरा’ले अपेक्षाकृत व्यापार गरेनन। अब उनीमाथि फिल्म चल्नै पर्ने दबाब छ।

उनको मुख्य भूमिका रहेको यो वर्षको तेस्रो फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनको संघारमा छ। उनी त्यसको प्रचारमा व्यस्त छन्, साथै सफल हुनेमा आशावादी पनि।

‘गाउँ आएको बाटो’को चर्चा राम्रो छ। यसका कारण हुन्, निर्देशक नवीन सुब्बा र फिल्म दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुनु।

दयाहाङ राईको मुख्य भूमिका रहेको यो वर्षको तेस्रो फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनको संघारमा छ। उनी त्यसको प्रचारमा व्यस्त छन् ।

लामो आयुका फिल्म बनाउने भनेर स्थापित निर्देशक नाम आएपछि चर्चामा हुनु स्वभाविक हो। विदेशी प्रतिस्पर्धामा सहभागी भएको फिल्म ‘पक्कै राम्रो होला’ भन्ने धेरैको बुझाइ भएकाले पनि यो चर्चामा छ।

दयाहाङको गृह जिल्लामा खिचिएकाले पनि यो फिल्मले चर्चा बटुलेको छ। उनी भोजपुरको दुर्गम उत्तरी गाउँ खावामा जन्मिएका हुन् भने फिल्म उत्तर पश्चिमी गाउँ बालंखालगायतको स्थानमा छायांकन भएको हो। उनी एसएलसीपछि मात्रै खावाबाट बसाइँ टाढिएका हुन्।

फिल्ममा दयाहाङ भूमिराम राई ‘माइला’को भूमिकामा छन्। दयाहाङको भोजपुरको गाउँले जीवनशैली फिल्मका पात्रहरु केही हदसम्म मिल्दो छ। जुन कुरा दयाहाङसँग आफैँ स्वीकार गर्छन्।

टेलिभिजन
फिल्ममा बिन्द्र छिमेकमा टेलिभिजन हेर्न गएको विषयले कलह निम्तिएको देख्न सकिन्छ। बिन्द्र सात वर्षको हुँदा गाउँमा टेलिभिजन आएको हुन्छ।

दयाहाङले पनि ठूलो भएपछि मात्रै टेलिभिजन देखेका हुन्। सोलारबाट चल्ने भएकाले गाउँमा पहिल्यै टेलिभिजन पुगेको उनलाई सम्झना छ।

उनी भन्छन्, ‘गाउँ मोटरबाटोभन्दा पहिले टेलिभिजन आएको हो। सोलारबाट चल्थ्यो। पहिलो पटक टेलिभिजन हेर्दा म पाँचमा पढ्थेँ होला।’

दयाहाङले पनि ठूलो भएपछि मात्रै टेलिभिजन देखेका हुन्। सोलारबाट चल्ने भएकाले गाउँमा पहिल्यै टेलिभिजन पुगेको उनलाई सम्झना छ।

गोरु कुट्ने
फिल्मको गीतमा दयाहाङ गोरु जोतिरहेका हुन्छन्। त्यसमा उनले कामको रिस पोख्न गोरुलाई पिटेको देख्न सकिन्छ। त्यसपछि फिल्ममा दयाहाङको श्रीमती माइलीले भन्छिन्, ‘त्यति साह्रो त नपिटन हो अर्काको गोरु। केही भइहाल्यो भने ?’

यो कुरा दयाहाङले वास्तविक जीवनमा भोगेको कुरा हो। उनी भन्छन्, ‘पैचोमा गोरु ल्याएर जोत्ने गरिन्थ्यो। खेतको झार, ढुंगाको रिस पनि गोरुलाई पोखिथ्यो।’

फिल्ममा माइलीले मइलालाई दिएको ‘डाइलग’ दयाहाङले वास्तविक जीवनमा पनि सुनेका छन् रे। उनी अगाडि भन्छन्, ‘अहिले पो गोरु जोतेको छु भन्दा गर्व गर्ने कुरा भयो त त्यसबेला त लजाउने कुरा थियो। यो कुरा त सामान्य ज्ञान जस्तो हो।’

चोयाको काम
फिल्ममा भूमिराज ‘माइला’ चोयाको सामग्री बनाउने पेसामा आवद्ध भएको देखिन्छ। दयाहाङ पनि खावामा रहँदा चोया काट्ने काममा पोक्त थिए। यो कुरा ट्रेलरमा उनले चोया काट्दा हात चलाएको देख्दा पनि थाहा हुन्छ।

उनी भन्छन्, ‘यो त हाम्रो सामान्य काम नै हो। तर बीचमा १५-१६ वर्ष चोयाको काम गरिएनँ। माइला बनेर चोया काट्न चाहिँ केही समय अभ्यास गरेँ।’

चाउचाउ
फिल्ममा माइला (दयाहाङ)को बिन्द्रमानले स्कुल जाने बेला चाउचाउ मागेको दृश्य छ। बिन्द्रले चाउचाउ माग्दा माइलाले भन्छ, ‘पैसा भएपछि तँलाईं कोक नै किन्दिन्छु।’

चाउचाउसँग जोडिएको दयाहाङको स्मृति रोचक छ। वास्तविक जीवनमा भने दयाहाङ बुबा–आमालाई चाउचाउ किनेर खुवाएको बताउँछन्।

‘खोलमा चाउचाउ बनाउने तरिका भनेर लेखेको थियो। त्यो देखेर मैले आफैँ किनेर पकाएर खुवाएको चाहिँ हो’, उनी स्मरण गर्छन्।

मोटर बाटो र गाडी
फिल्ममा गाउँमा पहिलो पटक गाडी पुग्दा फूलमालाले स्वागत गरेको देखिन्छ। त्यहाँ केही वृद्धहरुले गाडीलाई ढोगेको दृश्य पनि छ।

तर दयाहाङ खावामा हुँदा मोटरबाटो पुगेको थिएन। भोजपुर सदरमुकाममा आईए पढ्दासम्म उनले गाडी देखेका थिएनन्।

आईए पढ्दै गर्दा झापा जाने क्रममा उनले पहिलो पटक गाडी देखेका र चढेका हुन्। उनी सहर छिरेपछि मात्रै गाउँमा बाटो पुगेकाले फूलमालाले गाडीलाई स्वागत गरेको देख्न पाएनन्।

आईए पढ्दै गर्दा झापा जाने क्रममा उनले पहिलो पटक गाडी देखेका र चढेका हुन्। उनी सहर छिरेपछि मात्रै गाउँमा बाटो पुगेकाले फूलमालाले गाडीलाई स्वागत गरेको देख्न पाएनन्।

‘गाउँमा बाटो पुग्दा म त्यहाँबाट अन्तै हिडिसकेको थिएँ। फूलमालाले स्वागत गरेको मैले प्रत्यक्ष देख्न पाइनँ। तर समाचारमा देख्थेँ,’ उनी भन्छन्।

चस्मा
फिल्ममा बिन्द्र चस्माको सौखिन देखिन्छ। उसले स्कुल जाँदा पनि कालो चस्मा लगाएको देख्न सकिन्छ। तर दयाहाङलाई नयाँ कुराको आकर्षण भए पनि चस्माको सौख भने थिएन रे। यद्यपि उनलाई पहिलो पटक चस्मा लगाएको याद छ।

उनी भन्छन्, ‘सानो बेलामा मैले पावरवाला चस्मा भेटेँ। लगाएको चक्कर आयो, दृश्य पनि फरक देखेँ। त्यो बुहत अनौठो लागेको थियो। त्यो कसको चस्मा हो चाहिँ मैले बिर्सिएँ।’

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १० : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको