मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै « Khabarhub

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले १८ महिनाको अवधिमा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले, नेकपा माओवादी केन्द्र समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वाको मत लिन लागेका हुन् ।

२०७९ साल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । त्यसपछि २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिए । त्यस्तै, तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

१०७ सदस्यीय प्रदेशसभामा सरकार टिकाइराख्न ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा एमालेका सभामुखसहित २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ८–८, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ११ : ३४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा