प्रधानमन्त्रीलाई पोखराका सहकारी पीडितहरूको कालोझण्डा, ११ जना पक्राउ « Khabarhub

प्रधानमन्त्रीलाई पोखराका सहकारी पीडितहरूको कालोझण्डा, ११ जना पक्राउ


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पोखरा- सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार पोखरामा कालो झण्डा देखाएका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण भाग लिन पोखरामा रहेका प्रधानमन्त्री प्रचण्डलाई बुधबार सूर्यदर्शन सहकारीपीडितहरूले कालो झण्डा देखाएका हुन् ।

पोखरा सभागृहअगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले प्रधानमन्त्रीलाई कालो झण्डा र ब्यानर देखाउँदै नाराबाजीसमेत गरे ।

प्रचण्डलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा सभागृह क्षेत्र केहीबेर तनावग्रस्त भयो ।

प्रदर्शनका क्रममा दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको  छ। घाइतेहरू ७८ वर्षीय भीमप्रसाद चपाईं र ३० वर्षीया अनुराधा श्रेष्ठ रहेका छन् ।

सूर्यदर्शन सहकारीपीडितहरूले पोखरामा प्रदर्शन गर्दै आएका छन् । यो सहकारीको बचत हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित कांग्रेसले छानबिन माग गरिरहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  २ : २३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या