प्रधानमन्त्रीलाई पोखराका सहकारी पीडितहरूको कालोझण्डा, ११ जना पक्राउ | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई पोखराका सहकारी पीडितहरूको कालोझण्डा, ११ जना पक्राउ


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पोखरा- सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार पोखरामा कालो झण्डा देखाएका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण भाग लिन पोखरामा रहेका प्रधानमन्त्री प्रचण्डलाई बुधबार सूर्यदर्शन सहकारीपीडितहरूले कालो झण्डा देखाएका हुन् ।

पोखरा सभागृहअगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले प्रधानमन्त्रीलाई कालो झण्डा र ब्यानर देखाउँदै नाराबाजीसमेत गरे ।

प्रचण्डलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा सभागृह क्षेत्र केहीबेर तनावग्रस्त भयो ।

प्रदर्शनका क्रममा दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको  छ। घाइतेहरू ७८ वर्षीय भीमप्रसाद चपाईं र ३० वर्षीया अनुराधा श्रेष्ठ रहेका छन् ।

सूर्यदर्शन सहकारीपीडितहरूले पोखरामा प्रदर्शन गर्दै आएका छन् । यो सहकारीको बचत हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित कांग्रेसले छानबिन माग गरिरहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  २ : २३ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग