अर्थमन्त्रीलाई गगनको प्रश्न : आर्थिक बृद्धिदर ६ प्रतिशत हुने आधार के के छन् ? « Khabarhub

अर्थमन्त्रीलाई गगनको प्रश्न : आर्थिक बृद्धिदर ६ प्रतिशत हुने आधार के के छन् ?


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक बृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा मुलुकको आर्थिक बृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो नभएको भन्दै सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा हुने आधारबाट अर्थमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

आर्थिक गतिविधि संकटका अवस्थामा सरकारले लिएको राजस्वको लक्ष्य पुरा हुनेमा आशंका रहेको उनको भनाइ छ ।

थापाले राजस्वको लक्ष्य भेट्ने आधारबारे पनि सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

राष्ट्रिय गौरवको आयोजनाहरूमा न्यून बजेट विनियोजन गर्दा दशकौँसम्म पूरा हुन अवस्था नदेखिएको धारणा उनले राखे । पुँजीगत खर्चको योजनाबारे पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

गठबन्धनको मुख्य दल एमाले अध्यक्ष केपी शर्मा ओलीले नै बजेटसँग रंग मिल्दैन भन्दै दायित्वबाट पन्छिन खोजेको उनले बताए।

मुलुकको राजनीतिक समिकरण परिवर्तन भइरहने हुँदा केही समयपछि बजेट आफैँले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले अर्थमन्त्रीलाई सामान्य प्रश्नमात्रै सोध्ने भन्दै थापाले कटाक्ष गरे ।

 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ३ : ५९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।