‘प्राइमरी’ चुनावी परीक्षणमा ट्रम्प « Khabarhub

‘प्राइमरी’ चुनावी परीक्षणमा ट्रम्प


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ‘हश मनी’ दोषी ठहरिएपछि मंगलबार पहिलो पटक सन् २०२४ को राष्ट्रपतीय मनोनयनका लागि प्राथमिक निर्वाचनको अन्तिम चरणमा रिपब्लिकन मतदाताहरूको सामना गरेका छन्। 

पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा हश मनी) दिएको आरोप लगाएकी छन् । साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेको थियो ।

पूर्व राष्ट्रपतिले मोन्टाना, न्यू जर्सी, न्यू मेक्सिको र साउथ डकोटामा रिपब्लिकन मत प्राप्त गरेसँगै उहाँले राष्ट्रपति जो बाइडेनबिरूद्ध आफ्नो मनोनयन सुनिश्चित गरे । 

केही राजनीतिक पर्यवेक्षकहरूले सन् २०१६ को चुनावलाई गैरकानुनी रूपमा प्रभाव पार्ने षड्यन्त्रमा झुटो व्यापारिक रेकर्ड बनाएको आरोपमा गत हप्ता दोषी ठहरिएपछि रिपब्लिकन मतदाताहरूले ट्रम्पको विभाजनकारी उम्मेद्वारीको विरोध गर्न सक्ने सन्देह व्यक्त गरेका थिए । 

ट्रम्पको अन्तिम रिपब्लिकन प्रतिद्वन्द्वी निक्की हेलीले आफ्नो अभियान अन्त्य गरेको दुई महिनापछि पनि इन्डियाना राज्यमा मे महिनामा भएको प्राइमरीमा लगभग २२ प्रतिशत मत प्राप्त गरे  । त्यसैगरी मंगलबार न्यु मेक्सिकोमा ट्रम्पले ८५ प्रतिशत र हेलीले नौ प्रतिशत मत प्राप्त गरे । 

हेली उम्मेद्वार नरहेको मोन्टाना राज्यमा ट्रम्पले लगभग ९१ प्रतिशत मत प्राप्त गर्नुभयो । न्यु जर्सी र साउथ डकोटामा पूर्व राष्ट्रपति ट्रम्प निर्विरोध मनोनित भएका हुन् ।

हेलीले मेरिल्याण्डको रिपब्लिकन प्राइमरी मतदाताको पाँचौं, नेब्रास्कामा १८.५ प्रतिशत र वेस्ट भर्जिनियामा ९.४ प्रतिशत मत प्राप्त गरे  । 

संयुक्त राष्ट्रसंघकी पूर्व राजदूत हेलीले ट्रम्पलाई समर्थन गरिसकेकी छन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ३ : ५८ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर