भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी « Khabarhub

भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ आज मनाइएको विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले काठमाडौँमा आयोजना गरेको मूल समारोहमा उनले सुरक्षित भविष्यका लागि वातावरण जोगाउनुपर्नेमा जोड दिए । 

जलवायु परिवर्तनले निम्त्याएको समस्याका कारण सुक्का बढ्नुका साथै खानेपानीको संकट निम्तिन सक्ने भन्दै यस विषयमा समयमा नै सचेत भएर वातावरण संरक्षण अभियानमा एकजुट भएर भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्नुपर्ने मन्त्री सुडीले बताए । 

‘वातावरण जोगाएर हाम्रो सन्तानको भविष्य सुरक्षित गर्नुपर्छ । यसमा सरकार मात्रैले पनि सुधार गर्न सक्दैन, सबैको सहयोग आवश्यक छ’, उनले भने, ‘वातावरण सुधारका लागि सरकार निरन्तर लागिरहेको छ, पृथ्वी बचाउने हामी सबैको धर्म हो ।’ 

मन्त्री सुडीले पछिल्लो समय जलवायु परिवर्तनको असरले पृथ्वीमा तापक्रम बढ्दै गइरहेको भन्दै यसले सुक्का तथा खडेरी बढेर कृषि उब्जनीमा ह्रास आउन सक्ने बताए । 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ४ : ११ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल