भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी « Khabarhub

भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ आज मनाइएको विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले काठमाडौँमा आयोजना गरेको मूल समारोहमा उनले सुरक्षित भविष्यका लागि वातावरण जोगाउनुपर्नेमा जोड दिए । 

जलवायु परिवर्तनले निम्त्याएको समस्याका कारण सुक्का बढ्नुका साथै खानेपानीको संकट निम्तिन सक्ने भन्दै यस विषयमा समयमा नै सचेत भएर वातावरण संरक्षण अभियानमा एकजुट भएर भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्नुपर्ने मन्त्री सुडीले बताए । 

‘वातावरण जोगाएर हाम्रो सन्तानको भविष्य सुरक्षित गर्नुपर्छ । यसमा सरकार मात्रैले पनि सुधार गर्न सक्दैन, सबैको सहयोग आवश्यक छ’, उनले भने, ‘वातावरण सुधारका लागि सरकार निरन्तर लागिरहेको छ, पृथ्वी बचाउने हामी सबैको धर्म हो ।’ 

मन्त्री सुडीले पछिल्लो समय जलवायु परिवर्तनको असरले पृथ्वीमा तापक्रम बढ्दै गइरहेको भन्दै यसले सुक्का तथा खडेरी बढेर कृषि उब्जनीमा ह्रास आउन सक्ने बताए । 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ४ : ११ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६