बजेटलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा सांसदहरुको सुझाव « Khabarhub

बजेटलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा सांसदहरुको सुझाव


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा भाग लिँदै उनीहरूले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । 

सांसद महेशकुमार बर्तौलाले कृषिमा लगानी दशक, पाँच लाख सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण, प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम आगामी आवका सकारात्मक कार्यक्रम रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जुट्नुपर्ने सुझाव दिए। 

‘आगामी आवको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले कृषि दशक घोषणा गरेका छन् । कृषि उत्पादन बढाउने अन्य योजना नबनाए यो लक्ष्य कार्यान्वयन हुन गाह्रो छ’, उनले भने, ‘मुलुकका विभिन्न स्थानमा खेती बाँझो छन् । बाँझो खेत प्रयोग गर्नका लागि हरेक स्थानीय तहलाई ‘बाँझोमुक्त पालिका’ घोषणा गर्न र किसानलाई समयमा मल उपलब्ध गराउन आवश्यक छ ।’ 

सांसद बर्तौलाले आगामी आवमा लिइएको लक्ष्यहरू सकारात्मक भए पनि सही रुपमा कार्यान्वयन गर्ने सवालमा अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताए। 

सांसद प्रभु साहले विप्रेषण छली गर्न हुन्डी कारोबार बढिरहेको भन्दै हुन्डी कारोबार रोक्ने र मुलुकको अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको बताए। 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ४ : २७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज