‘लण्डन टू पेरिस’की गरिमालाई प्रश्न : स्क्रिप्टले तान्यो कि विदेश भ्रमणको अवसरले ? « Khabarhub

‘लण्डन टू पेरिस’की गरिमालाई प्रश्न : स्क्रिप्टले तान्यो कि विदेश भ्रमणको अवसरले ?


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मल्टिमिडिया प्लाटफर्म टिकटकबाट चर्चित बनेकी गरिमा शर्माले डेढ सय म्युजिक भिडियोमा खेलिसकेपछि फिल्ममा फड्को मारेकी छन् । उनको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ यही जेठ २५ देखि प्रदर्शन हुँदैछ ।

बेलायतको लण्डनका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा गरिमा ‘लभर गर्ल’का रुपमा देखिएकी छन् । फिल्मका प्रचार सामाग्रीमा उनी नायक कबिर खड्कासँग ‘रोमान्स’ गरिरहेको देख्न सकिन्छ ।

संयोग कस्तो भने उनले बेलायत घुमघाम र फिल्ममा डेब्यू एकसाथ गरिन् । ‘लण्डन टू पेरिस’को छायांकनका क्रममा उनी विदेश यात्रामा निस्किइन् ।

गरिमाका अनुसार राम्रो स्क्रिप्ट खोजी गर्दा फिल्ममा डेब्यु ढिला भएको हो । उमेर भएकाले पनि उनले केही फिल्म अस्वीकार गरेकी थिइन् । नायिका बन्न मानसिक रुपमा तयार हुँदै गर्दा उनको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ बन्यो ।

 

उमेरको परिपक्वता कुरेर फिल्ममा अनुबन्धित गरिमा ‘डेब्यूका लागि हतार भयो कि ?’ भन्ने प्रश्नमा भन्छिन्, ‘चितवनमा बसेर टिकटक बनाउँदादेखि नै मेरो लक्ष्य फिल्म हो भन्नेमा प्रप्रष्ट थिएँ । डेब्यू फिल्मको स्क्रिप्ट अपेक्षाअनुसार पाएँ ।’

‘विदेश भ्रमणको अवसर’ले पनि फिल्ममा अनुबन्ध हुन भूमिका खेलेको उनी स्वीकार्छिन् । भन्छिन्, ‘स्क्रिप्ट राम्रो र फरक परिवेशको फिल्म थियो । त्यहीँमाथि विदेश घुम्न पनि पाइने थियो ।’

प्रस्तुत छ, डेब्यू फिल्म ‘लण्डन टू पेरिस’मा केन्द्रित रहेर गरिमासँग संवाद :

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : ३३ बजे

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको

नेपालीलाई दूतावासको चेतावनी- ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

काठमाडौं – अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा

शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शहीदका सपना पूरा गर्ने