‘लण्डन टू पेरिस’की गरिमालाई प्रश्न : स्क्रिप्टले तान्यो कि विदेश भ्रमणको अवसरले ? « Khabarhub

‘लण्डन टू पेरिस’की गरिमालाई प्रश्न : स्क्रिप्टले तान्यो कि विदेश भ्रमणको अवसरले ?


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मल्टिमिडिया प्लाटफर्म टिकटकबाट चर्चित बनेकी गरिमा शर्माले डेढ सय म्युजिक भिडियोमा खेलिसकेपछि फिल्ममा फड्को मारेकी छन् । उनको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ यही जेठ २५ देखि प्रदर्शन हुँदैछ ।

बेलायतको लण्डनका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा गरिमा ‘लभर गर्ल’का रुपमा देखिएकी छन् । फिल्मका प्रचार सामाग्रीमा उनी नायक कबिर खड्कासँग ‘रोमान्स’ गरिरहेको देख्न सकिन्छ ।

संयोग कस्तो भने उनले बेलायत घुमघाम र फिल्ममा डेब्यू एकसाथ गरिन् । ‘लण्डन टू पेरिस’को छायांकनका क्रममा उनी विदेश यात्रामा निस्किइन् ।

गरिमाका अनुसार राम्रो स्क्रिप्ट खोजी गर्दा फिल्ममा डेब्यु ढिला भएको हो । उमेर भएकाले पनि उनले केही फिल्म अस्वीकार गरेकी थिइन् । नायिका बन्न मानसिक रुपमा तयार हुँदै गर्दा उनको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ बन्यो ।

 

उमेरको परिपक्वता कुरेर फिल्ममा अनुबन्धित गरिमा ‘डेब्यूका लागि हतार भयो कि ?’ भन्ने प्रश्नमा भन्छिन्, ‘चितवनमा बसेर टिकटक बनाउँदादेखि नै मेरो लक्ष्य फिल्म हो भन्नेमा प्रप्रष्ट थिएँ । डेब्यू फिल्मको स्क्रिप्ट अपेक्षाअनुसार पाएँ ।’

‘विदेश भ्रमणको अवसर’ले पनि फिल्ममा अनुबन्ध हुन भूमिका खेलेको उनी स्वीकार्छिन् । भन्छिन्, ‘स्क्रिप्ट राम्रो र फरक परिवेशको फिल्म थियो । त्यहीँमाथि विदेश घुम्न पनि पाइने थियो ।’

प्रस्तुत छ, डेब्यू फिल्म ‘लण्डन टू पेरिस’मा केन्द्रित रहेर गरिमासँग संवाद :

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : ३३ बजे

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको