यो मनसुनमा १८ लाख एक हजार मानिस विस्थापित हुने अनुमान « Khabarhub

यो मनसुनमा १८ लाख एक हजार मानिस विस्थापित हुने अनुमान


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।

प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना सार्वजनिक गर्दै विपद न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको हो ।

प्राधिकरणले योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्यसम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा काम गरिने जनाएको छ ।

प्राधिकरणले यस वर्ष सरदरभन्दा धेरै बर्षा हुने सम्भावना रहेको भन्दै १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आँकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए । यसका लागि विभिन्न निकायसँग समन्वय गर्दै अघि बढ्ने उनले बताए ।

प्राधिकरणले मनसुनजन्य विपदबाट जोगिन तीन दिनअघि नै मौसमको पूर्वानुमान गरी बुलेटिन जारी गर्ने र आपतकालीन प्रयोगका लागि ११४९ नम्बर प्रयोगमा ल्याइएको जनाएको छ ।

अत्यावश्यक स्थानमा तत्काल पुर्‍याउन सक्ने गरि एउटा प्रदेशमा कम्तीमा पनि ५ वटाका दरले सातै प्रदेशमा ३५ वटा बेलिब्रिज राख्ने प्रबन्ध भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ५ : ०५ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६