वातावरणीय न्यायका लागि पदयात्रा « Khabarhub

वातावरणीय न्यायका लागि पदयात्रा


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वातावरणीय न्यायका लागि सरकार र सरोकारवाला निकाय एकजुट भई कार्ययोजना अघि सार्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा बुधवार राजधानीमा भएको जलवायु पदयात्रापछि बोल्दै सहभागीले वातावरण प्रदुषण रोक्न र भावी पुस्तालाई सुरक्षित राख्नका लागि पहल गर्न सरकारले ढिलो गर्न नहुने धारणा राखे ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भविष्यमा हाम्रा विकासले विपद् निम्त्याउने बताए । उनले भने, ‘वातावरण विनाश र त्यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्का बारे सजग र सतर्क नहुने हो भने भविष्यमा हाम्रा विकासले विपद् निम्त्याउनेछ । यसलाई रोक्न सरकारले उपर्युक्त कदम चाल्नुपर्छ ।’

वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सरोकार राख्ने विभिन्न ६८ वटा संघसंस्थालाई समन्वय गरी साथसाथैले काठमाडौंको भद्रकालीदेखि बसन्तपुर दरवार स्क्यारसम्म पैदययात्रा गरेको थियो । उक्त पैदलयात्रामा प्रतिनिधि सभाका उपासभामुख इन्दिरा रानामगर, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, एमालेका सचिव योगेश भट्टराई, प्रतिनिधिसभामा एमालेका सचेतक सुनिता बराल, नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य लक्ष्मी परियार, वातावरण क्षेत्रमा काम गर्ने अभियन्ताहरुको सहभागिता थियो ।

‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ मा उपसभामुख इन्दिरा रानामगरले नेपालको आर्थिक समृद्धिको मुख्य आधार र पर्यटकको मुख्य आकर्षक हिमाल पग्लिएर कालापत्थरमा परिणत हुन लागेका विषय चिन्ताको विषय भएको बताईन् ।

उनले भनिन्, “यो सबैको सरोकारको विषय बन्नुपर्छ र यसको समाधानका लागि आजैदेखि सबै आ–आफ्नो तर्फबाट जुट्औँ । आफ्नो दिनचर्यामा वातावरण संरक्षणका लागि विद्युतीय चुलोको प्रयोगबाटै सुरुवात गरौँ ।”

उनले जलवायु परिवर्तनले पारेका असर र त्यसको न्युनिकरणका लागि साथसाथैका अभियन्ताहरुले सगरमाथा कालापत्थर सहित मुलुकका विभिन्न क्षेत्रमा पुगेर गरेको कामको सह्राहाना समेत गरिन् ।

आयोजक संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले वातावरण जोगाउनु सबैको जिम्मेवारी भएका कारण यो पदयात्रा मार्फत सन्देश दिएको बताईन् ।

‘ पृथ्वीलाई स्वच्छ र प्रदुषणरहित बनाउनका लागि हामी सबैको हात हुन्छ । त्यसका लागि आपसमा सहकार्यको जरुरी छ । जनचेतनाको खाँचो पनि छ । यो पदयात्रामा सहभागी भएर सबै संघ संस्थाले ऐक्यवद्धता जनाउनुभएको छ । हामी पृथ्वीलाई सुरक्षित राख्ने अभियानमा निरन्तर लाग्नेछौं’ उनले भनिन् ।

यस्तै एमालेका सचेतक सुनिता बरालले वातावरण संरक्षणका क्षेत्रमा आफूहरु नीतिगत रुपमै काम गर्न सांसदहरुको समूह बनाउने तयारीमा रहेको जानकारी गराईन् । नेपाली कांग्रेसका नेतृ लक्ष्मी परियारले वातावरण संरक्षणमा सरोकारवालासँगै राजनीतिकर्मी पनि संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिइन् ।

मधेसी आयोगका सदस्य रेणुदेवी साहले नेपालको सुन्दर प्राकृतिक सम्पदा जोगाएर पर्यटन प्रवद्धन गर्नसके मात्र समृद्धि हासिल हुने बताउँदै यसमा सबैले ऐक्यबद्धताका साथ लाग्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा उपस्थित सबै संस्थाका प्रतिनिधिले वातावरण संरक्षणका लागि ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ९ : ११ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू