सुन्दरहरैचामा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम « Khabarhub

सुन्दरहरैचामा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङमा विद्यार्थीलाई लक्षित गरी लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

लागुऔषध प्रयोग गर्ने बढीरहेको बेला मोरङको सुन्दरहरैचा ३ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

आश्रय प्रतिष्ठान नेपाल र गछिया जेसीसको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रशिक्षक लागु औषध दुर्व्यसन र यसका असर, समाजमा पार्न सक्ने नकरात्मक प्रभावका बारेमा वरिष्ठ परामर्श तथा मनोविद टिकाराम सिग्देलले प्रशिक्षण दिएका थिए।

यस्तै गछिया जेसीस वर्ष २०२४ का अध्यक्ष धुर्व निरौलाले समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मूल पार्नु पर्ने बताए । युवा पुस्ताले नै यसलाई निर्मूल पार्न भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ ।

यस्तै विद्यालयका प्रधानाध्यापक होमबहादुर भण्डारीले यस्ता खालका कार्यक्रमा विद्यालय स्तरमा नै सञ्चालन गर्नुपर्ने बताए । उनले कक्षा ३ देखि १० सम्मका बालबालिकाहरु बढी कुलत फस्ने गरेकाले बताउँदै यस्ता कार्यक्रम उनीहरुलाई गतल बाटोमा लाग्न नहुने रहेछ भन्ने ज्ञान हासिल हुने बताए।

कार्यक्रममा विद्यार्थीहरुकाृ निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो । उनीहरूले लागुऔषध दुर्व्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए।

यस्तै आज नै सुन्दरहरैचा ३ को आइतबारेमा गछिया प्रहरी चौकीका सई राजकुमार थापा सहितले बालबालिकाका अभिभावक लगायत स्थानीयलाई पनि प्रशिक्षण दिईएको कार्यक्रम संयोजन सेवक खत्रीले बताए।

पछिल्लो समय मोरङ प्रहरीले लागूऔषध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ। मंगलबार मात्र सुन्दरहरैचा ६ बाट दुई जना लागू औषध कारोबारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिईएको थियो।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १० : १७ बजे

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका