फिल्म निर्देशक सुदर्शन थापा रिहा « Khabarhub

फिल्म निर्देशक सुदर्शन थापा रिहा


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक सुदर्शन थापा रिहा भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेशदिएसँगै थापा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा उनी गत सोमबार पक्राउ परेका थिए । चलचित्र ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत भदौमा प्रहरी बृत्त बौद्धमा विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।

निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद २’ प्रदर्शन गरेका थिए ।

थापा पक्राउ पर्नुअघिसम्म ‘रावायण’को दोस्रो चरणको सुटिङ काठमाडौंमा जारी थियो । उनलाई प्रहरीले छायांकनस्थलबाटै पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १० : ३६ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत