टी–२० विश्वकप : भारतको विजयी सुरुवात, आयरल्याण्ड स्तब्ध | Khabarhub Khabarhub

टी–२० विश्वकप : भारतको विजयी सुरुवात, आयरल्याण्ड स्तब्ध


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले अर्धसतक प्रहार गरे । ३७ बलको सामना गरेका शर्माले चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै रिसब पन्तले ३६ रन बनाए । आज ओपनिङ गर्न आएका विराट कोहलीको ब्याट भने चल्न सकेन । उनी पाँच बलमा एक रन बनाएर आउट भएका थिए ।

आयरल्याण्डका लागि बेन्जामिन वाइट र मार्क एडेयरले एक/एक विकेट लिए ।

त्यसअघि न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएका थिए ।

उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाए । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाए ।

यता भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए । त्यस्तै अर्शदीप सिंह र जस्प्रीत बुमराहले दुई/दुई तथा अक्षर पटेल र मोहमद सिराजले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ११ : ११ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : आयोग

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश

करेन्ट लागेर एकजनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट

सडक र सञ्चारको पहुँचले बसाइँसराइमा कमी आउने अपेक्षा

दाङ– दाङको विकट भनिने बबई गाउँपालिका– ७ मलैबासीका लागि अहिले

तीन महिनादेखि तरकारीमा विषादी परीक्षण बन्द

चितवन– भरतपुर महानगरपालिका– २ मा रहेको महानगर फलफूल तथा तरकारी