अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा : मेसीले गरे पेनाल्टी मिस « Khabarhub

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा : मेसीले गरे पेनाल्टी मिस


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मेसीको पेनाल्टी बारमा लागेर फर्किएको अर्जेन्टिना पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरे।

इक्वेडरका लागि जोन येबोह र जोर्डी काइसिडोले गोल गर्दा एन्जल मेना र एलन मिन्डाको प्रहार गोल हुन सकेन ।

खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६२औं मिनेटमा इक्वेडरले पाएको पेनाल्टी गुमाउँदा खेलमा अर्जेन्टिनाको अग्रता कायमै रहयो । इक्वेडरका लागि इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् ।

रोचक खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा इक्वेडरका लागि केभिन रोड्रिग्जले गोल गर्दै खेल बराबरीमा फर्काए । उनलाई जोन येबोहले पास दिएका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको हो ।

साबिक विजेता अर्जेन्टिनाले यसअघि क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको थियो।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ०६ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको