बेलायती चुनाव : सत्तामा फर्कियो लेबर पार्टी, स्टारमर प्रधानमन्त्री बन्ने « Khabarhub

बेलायती चुनाव : सत्तामा फर्कियो लेबर पार्टी, स्टारमर प्रधानमन्त्री बन्ने


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी  ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो ।

६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ ।  त्यस्तै ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ९२ सिट मात्र जित्न सकेको छ । 

लेबर पार्टीको यो चुनावी जितलाई सन् १९९७ मा टोनी ब्लेयर नेतृत्वको लेबर पार्टीको जितसँग तुलना गरिएको छ । सो निर्वाचनमा ब्लेयरको नेतृत्वमा लेबर पार्टीले ४१९ सिट जितेको थियो । 

लेबर पार्टीको सरकार बन्ने निश्चित भएसँगै यसका नेता केयर स्टारमर अब नयाँ प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ ।

२०१५ देखि केयर स्टारमरको संसदीय निर्वाचन क्षेत्र होबर्न र सेन्ट प्यानक्रस हो । स्टारमरले आफूलाई ‘कामदार वर्गको पृष्ठभूमि’ का रूपमा वर्णन गर्दछन् । उनका बुबा एक उपकरण निर्माता थिए । उनकी आमा नर्सका रूपमा काम गर्थिन्। 

१६ वर्षको उमेरसम्म उनको पारिश्रमिक स्थानीय काउन्सिलले तिरेको थियो । स्कुलपछि, उनी विश्वविद्यालयमा जाने र लीड्स विश्वविद्यालयमा भर्ना हुने आफ्नो परिवारको पहिलो सदस्य बने । पछि उनले अक्सफोर्ड विश्वविद्यालयमा कानून पढे । 

स्टारमर सन् १९८७ मा ब्यारिस्टर भए र मानव अधिकार कानूनमा विशेषज्ञ बने । आफ्नो कामको सम्बन्धमा, उनी क्यारिबियन र अफ्रिकामा बस्थे, जहाँ उनले मृत्युदण्डको सामना गरिरहेका कैदीहरूको मुद्दा लडे ।९० को दशकको उत्तरार्धमा उनले तथाकथित म्याकलिबेल कामदारहरूको मुद्दा सित्तैमा लडेका थिए ।

सन् २००८ मा केयर सार्वजनिक अभियोजनको निर्देशक चुनिए, जुन इङ्गल्याण्ड र वेल्समा सबैभन्दा वरिष्ठ आपराधिक अभियोजकको पद हो । २०१६ मा, उनी उत्तरी लन्डनको होबर्न र सेन्ट प्यानक्रसका लागि सांसद बने । 

उनले पूर्व लेबर नेता जेरेमी कोर्बिनको फ्रन्टबेन्च टोलीमा ब्रेक्जिट सचिवका रूपमा काम गरे, जहाँ उनले दोस्रो ब्रेक्जिट चुनावलाई विचार गर्न आह्वान गरे । ब्रेक्जिट बेलायतलाई युरोपेली संघबाट अलग गर्ने प्रक्रिया थियो । 

सन् २०१९ को आम चुनावमा पार्टीको ठूलो पराजयपछि सर कियर स्टारमर लेबर नेताका पदमा चुनाव लडे र २०२० मा पार्टीको नेता बने । आफ्नो विजयी भाषणमा उनले लेबर पार्टीलाई ‘आत्मविश्वास र आशाका साथ नयाँ युगमा लैजाने’ बताएका थिए । 

बेलायतमा लामो समयदेखि  लेबर र कन्जर्भेटिभ दुईवटा पार्टीले चुनाव जितेर सत्ता चलाउँदै आएका छन् । 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ११ : ११ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ