पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन « Khabarhub

पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

तनहुं– पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो ।

किसानको मागअनुसार राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीलगायत डाँलेघाँसका साथै अन्य विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। यस वर्ष उत्पादन गरिएका ८५ हजारमध्ये ३० हजार बढी डाँलेघाँसका बिरुवा उत्पादन गरिएको छ । 

श्रेष्ठका अनुसार विभिन्न प्रजातिका करिब पैतिस हजार बिरुवा वितरण गरिसकिएको छ । 

गण्डकी प्रदेश सरकारबाट वार्षिक कार्यक्रमका लागि कम बजेट विनियोजन भएकाले बर्सेनि बिरुवा उत्पादन घट्दै गएको भन्दै यस वर्ष पनि गत वर्षको तुलनामा कम उत्पादन गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए। 

वनजंगलमा पशु चौपायका लागि चरन क्षेत्र ह्रास हुँदै गएकाले पशुपालक किसानलाई आहार व्यवस्थापनमा सहजता गराउने उद्देश्यले व्यावसायिक कृषि फार्मलाई घाँसका बिरुवा सहयोग गरिएको श्रेष्ठले बताए । नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन् ।

चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो । 

जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएपछि घाँसका बिरुवा उत्पादनमा जोड दिन थालिएको डिभिजन प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए। 

किसानको मागका आधारमा कार्यालयले प्रत्येक वर्ष डाँलेघाँसका बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना बनाएको छ ।  

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ११ : ५७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल