‘नव्य नाचघर’ मा नाटक ‘प्रेमारम्भ’ मञ्‍चन (तस्बिरहरू) « Khabarhub

‘नव्य नाचघर’ मा नाटक ‘प्रेमारम्भ’ मञ्‍चन (तस्बिरहरू)


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा नयाँ ‘नव्य नाचघर’ सञ्चालनमा आएको छ । यसअघि स्टुडियो कत्थक, भरतनाट्यम् विधामा नृत्य शृङ्खला सञ्चालन गर्दै आएको एस्थेटिक डान्स स्टुडियोले सिनामंगलमा नव्य नाचघर सञ्चालनमा ल्याएको हो । 

नेपालमा नृत्य नाटक विधालाई विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले नव्य नाचघर सञ्चालनमा ल्याएको हो । शुक्रबारदेखि मञ्चन हुने ‘प्रेमारम्भ’ नृत्य नाटकसँगै उक्त नाचघर सञ्चालनमा ल्याइएको हो । 

संस्थापक एवम् निर्देशक नम्रता केसीले स्टुडियोमा ‘पर्फम’मात्रै गर्ने तर छुट्टै स्टेज नभएकोले यो नाचघर सञ्चालनमा ल्याएको बताइन्।

एस्थेटिक डान्स स्टुडियोसँग हाल करिब २५० जना विद्यार्थी संलग्न छन्। प्रशिक्षक पनि १० जना भन्दा बढी छन्।

आजदेखि हरेक शुक्रबार र शनिबार नाचघरमा मञ्चन हुने प्रेमारम्भमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई दर्शाउन खोजिएको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १२ : ५५ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित