किन चिया दोस्रो पटक तताएर पिउन हुन्न ? « Khabarhub

किन चिया दोस्रो पटक तताएर पिउन हुन्न ?


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मानिसका धेरै लत मध्ये चिया पनि एउटा लत हो । चिया खाने बानी अधिकांशको हुन्छ । अझ बिहान उठेर चिया नखाएसम्म दिनको सुरुवात भएजस्तो लाग्दैन । वास्तवमै चिया पिउन कसलाई मन पर्दैन होला र ?

चिया धेरै मानिसका लागि नशा जस्तै बनेका हुन्छ र लत नै बस्छ । कतिपय मानिसहरू दिनभरिमा दसौँ कप चिया पिउने गरेको पनि पाइन्छ भने कतिपयले चिया पिउन नपाएकै कारण टाउको दुखेको या त फेरि फ्रेस नभएको गुनासो समेत गर्ने गरेका छन् ।

तर, दिनमा १–२ कप बाहेक बढी चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् । र धेरै जनाले एक पटक बनाएको चिया दोस्रो पटक तताएर खाने पनि गर्छन्। जुन बिलकुल गलत बानी हो ।

चियाका केही लाभदायक पाटा पनि छन् । परन्तु चियाका केही हानी छन्। धेरै चिया सेवन गरेमा यसले शरीरमा धेरै किसिमको समस्या निम्तिन सक्छ।
चियामा टान्नीन्स भन्ने नामको पदार्थ हुन्छ । यसको काम केही खाद्य पदार्थमा रहेको आइरनलाई बाँधेर राख्ने हो । धेरै चिया सेवन गरेमा यसै तत्त्वका कारण खाद्यान्नमा भएको आइरनलाई मानिसको शरीरले ग्रहण गर्न सक्दैन।  जसले आइरनको कमी भएर शरीरमा धेरै किसिमका समस्या निम्तिन सक्छ। शरीरमा आइरनको कमी छ भने चियाले समस्यालाई अझ धेरै बढाउन पनि सक्छ ।

चिया दोस्रो पटक तताएर पिउँदाका बेफाइदाहरू

– चिया बनाएको १५ देखि २० मिनेटभित्रै खाइहाल्नुपर्छ । धेरै बेरसम्म चिया राखिरहँदा त्यसमा रहेको पोषक तत्त्व हराएर जान्छ । र दोस्रो पटक तातो बनाएको चियामा हुने निकोटिनले स्वास्थ्यमा नकारात्मक असर गर्छ । साथै, यसले पाचन प्रक्रियालाई पनि बिगार्ने गर्छ ।

– एक पटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन्।

– चिया पकाएर धेरै समय राख्दा यसको रङ पनि कडा हुने तथा यसमा रहेको पोषकतत्व नष्ट हुने बताइन्छ । पुनः तताएर पिउने बानीले चियामा हुने निकोटिनले स्वास्थ्यमा असर गर्ने बताइन्छ ।

– एक पटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन् । त्यसैले चिया बनाउँदै हुनुहुन्छ भने त्यसलाई तत्कालै पिउने गर्नुस् बचेको छ भने सकभर त्यसको उपभोग नगर्नुस् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १२ : ४७ बजे

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी