बेलायतमा सत्तारुढ कन्जर्भेटिभको शर्मनाक हार, नौ बुँदामा बुझ्नुस् चुनावी नतिजा | Khabarhub Khabarhub

बेलायतमा सत्तारुढ कन्जर्भेटिभको शर्मनाक हार, नौ बुँदामा बुझ्नुस् चुनावी नतिजा

प्रधानमन्त्री ऋषि सुनकले मागे माफी


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – किअर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी  ऐतिहासिक जीत हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो ।

बेलायतको आमचुनावमा अर्थव्यवस्थासम्बन्धी मुद्दा सबैभन्दा ठूलो थियो । यही मुद्दालाई बोकेर कन्जर्भेटिभ पार्टीले अन्तिम समयसम्म सत्तामा टिकिरहने आशा बोकेको थियो। तर मतदातालाई डराउने उसको कोसिसले काम गरेन। लेबर पार्टी सत्तामा आए कर बढाउने डर देखाएको कन्जर्भेटिभले नराम्रो हार ब्यहोर्ने निश्चित भएको छ । जनताले लेबर पार्टीलाई प्रचण्ड बहुमत नै दिएका छन् ।

किअर स्टार्मर नेतृत्वको लेबर पार्टीले बेलायतको आमचुनावमा प्रचण्ड जीत पक्का गरेको छ । यता बहालवाला प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको कन्जर्भेटिभ पार्टी नराम्ररी बढारिएको छ । यो आमचुनावको परिणामसँगै कन्जर्भेटिभ पार्टी १४ वर्षपछि सत्तादेखि बाहिर बस्ने अवस्थामा पुगेको छ ।

जानौँ, बेलायती चुनावका ९ मुख्य कुरा

१. बेलायतको आमचुनावमा अर्थव्यवस्थासम्बन्धी मुद्दा सबैभन्दा ठूलो थियो । यही मुद्दालाई बोकेर कन्जर्भेटिभ पार्टीले अन्तिम समयसम्म सत्तामा टिकिरहने आशा बोकेको थियो। तर मतदातालाई डराउने उसको कोसिसले काम गरेन। लेबर पार्टी सत्तामा आए कर बढाउने डर देखाएको कन्जर्भेटिभले नराम्रो हार ब्यहोर्ने निश्चित भएको छ । जनताले लेबर पार्टीलाई विश्वास मात्रै गरेनन्, प्रचण्ड बहुमत नै दिएका छन् ।

२. किअर स्टार्मर नेतृत्वको लेबर पार्टी चुनावमा शानदार प्रदर्शन गर्दै एकतर्फी जित निकालेको छ। अहिलेसमम् ४११ सिटमा उसले जित निकालेको छ । भारतमा भाजपाले चलाएको ४ सय पारको नारा व्यवहारमा चाहिँ बेलायतको लेबर पार्टीमा लागु भएको छ । भारतमा हालै भएको लोकसभा चुनावमा भाजपा केबल २४० सिटमा समेटिएको थियो । उता बेलायतमा लेबरले भने ४११ सिट जित पक्का गरेको छ । कन्जर्भेटिभ पार्टी केबल ११९ सिटमा समेटिएको छ । यससँगै कीर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

३. हारपछि ऋषि सुनकले माफी मागेका छन् । ‘म माफी माग्छु, यस हारको जिम्मेवारी लिन्छु ’, उनले भनेका छन् । ऋषि सुनकले ‘लेबर पार्टीले यस चुनावमा जीत हासिल गरेको भन्दै प्रधानमन्त्री पदका लागि किअर स्टार्मरलाई फोन गरेर बधाई दिएका छन् । बेलायतमा अब सत्ता शान्तिपूर्ण र व्यवस्थित रुपमा हस्तान्तरण हुने छ । सुनकले भने, ‘म कन्जर्भेटिभ पार्टीका कयौँ राम्रा, मिहिनेती उम्मेदवारको हारको जिम्मेवारी लिन्छु । आफ्नो कोसिस, आफ्नो स्थानीय रेकर्ड र आफ्नो समुदायप्रति समर्पणका बावजुद हारेकाहरूप्रति मेरो सहानुभूति छ, यसमा मलाई दु:ख लागेको छ ।’ सुनकले आजै राति प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारीमा छन् ।

४. किअर स्टार्मरले प्रचण्ड बहुमतपछि मतदातालाई धन्यवाद दिए । उनले भने, ‘देशबासी परिवर्तनका लागि तयार छन् । देखावटी राजनीतिलाई समाप्त गर्न उनीहरूले हामीलाई मतदान गरे ।’ ६१ वर्षीय स्टार्मरले आफू जनताको सेवामा लागिरहने बताए । ‘चाहे मतदाताले उनीहरूलाई भोट दिऊन्, म मेरो क्षेत्रका सबै जनताको सेवामा लागिरहन्छु । म यस निर्वाचन क्षेत्रका हरव्यक्तिको सेवा गर्छु। म तपाईंहरूका लागि बोल्छु, तपाईंको साथ दिन्छु । हरदिन तपाईंको लडाइँ लड्ने छु । अब हामीले हाम्रो काम गर्ने समय आएको छ।’

५. बेलायतको आमचुनावमा सबैभन्दा चर्चामा रहेका मुद्दामा अर्थव्यवस्था, स्वास्थ्य सेवा, अवैध प्रवासी मुद्दा, आवास, पर्यावरण, अपराध, शिक्षा, करका साथै ब्रेग्जिट प्रमुख थिए ।

६. बेलायतको संसद्‍मा कुल ६५० सिट छन् । बहुमतका लागि ३२६ चाहिन्छ । पछिल्लो चुनावमा कन्जर्भेटिभ पार्टीले ३४४, लेबर पार्टीले २०५, स्कटिश नेशनल पार्टीले ४३, लिबरल डेमोक्र्याट्स पार्टीले १५, डेमोक्रेटिक युनियनिस्ट पार्टीले ७, सिन फिन पार्टीले ७ र रिफर्म युके पार्टीले १ सिट जितेका थिए ।

७. बेलायतमा यसअघि टोनी ब्लेयरको नेतृत्वमा लेबर पार्टीको सरकार बनेको थियो । तर बितेका १४ वर्षयता निरन्तर कन्जर्भेटिभ पार्टीको सरकार थियो। अब एक पटक फेरि किअर स्टार्मरको नेतृत्वमा लेबर पार्टीले सत्तामा कमब्याक गरेको छ ।

८. बेलायतमा मतदानपछि आएको एग्जिट पोलमा पनि लेबर पार्टीको प्रचण्ड जीतको दाबी गरिएको थियो । एग्जिट पोलमा लेबर पार्टीलाई ४१० सिट मिल्ने अनुमान थियो । चुनावी नतिजाले एग्जिट पोलको अनुमानलाई सही सावित गरिदिएको छ ।

९. बेलायतको लोकतान्त्रिक संरचना करिब भारत र नेपालको जस्तै छ । नेपालमा जस्तै त्यहाँ संसद्का दुई सदन छन् । जसलाई हाउस अफ कमन्स र हाउस अफ लर्ड्स भनिन्छ । हाउस अफ कमन्स बेलायतको तल्लो सदन हो । जसको सदस्यको निर्वाचनका लागि आमनागरिक मतदान गर्छन् । तल्लो सदनमा जुन पार्टीलाई ५० प्रतिशतभन्दा बढी सिट मिल्छ, उसैले सरकार पनि बनाउँछ । पार्टीको नेतालाई प्रधानमन्त्री घोषित गरिन्छ ।

बेलायतको संसद्‍मा कुल ६५० सिट छन् । चुनाव जित्न कुनै पनि दललाई ३२६ को आँकडा छिचोल्नुपर्छ । यदि कुनै पार्टीलाई स्पष्ट बहुमत नआएमा नेपालमा जस्तै अन्य साना दलसँग मिलेर गठबन्धन सरकार बनाउन सकिन्छ । उता हाउस अफ लर्ड्स (माथिल्लो सदन) का सदस्यको चुनाव हुँदैन । त्यहाँ प्रधानमन्त्रीको सिफारिशमा सदस्यहरू नियुक्त गरिन्छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : १८ बजे

कर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात अवरुद्ध

मुगु– एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध

बंगलादेशी प्रधानमन्त्री चीनतिर, भुटानका राजा मंगोलियातिर

एजेन्सी- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार चीन भ्रमणमा जाने भएकी

अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन : ठाकुर गैरे

काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार

बाढीपहिरोले खोटाङका ग्रामीण सडक अवरुद्ध

खोटाङ– अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको