बागमती सरकारबाट बाहिरिँदै एमाले, आजै राजीनामा बुझाइने | Khabarhub Khabarhub

बागमती सरकारबाट बाहिरिँदै एमाले, आजै राजीनामा बुझाइने


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

हेटौडा– नेकपा एमाले बागमती सरकारबाट बाहिरिने भएको छ । एमालेले बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् ।

एमालेबाट बागमती सरकारमा ५ जना मन्त्रीहरू छन् ।

एमाले सरकारबाट बाहिरिँदा बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कांग्रेसले बागमती प्रदेशको सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : २२ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना