बजेटमार्फत कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने नीति लिएको छु : अर्थमन्त्री « Khabarhub

बजेटमार्फत कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने नीति लिएको छु : अर्थमन्त्री


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपालको भौगोलिक अवस्थिति अनुसारका अन्य देशहरूको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले नेपालको विश्वसँग सहजै अन्तरक्रिया गर्ने सम्भावना कम रहेकाले दुई छिमेकी मुलुकसँग अन्तरक्रिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै अन्य देशहरूको अनुभव लिएर सोही अनुसारको राजनीतिक संरचना, विदेश नीति, अर्थनीति र विकास नीति बनाउनुपर्नेमा जोड दिएका छन्  ।

उनले  ६० प्रतिशत भन्दा बढी जनसंख्या आबद्ध रहेको नेपालको कृषि क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा भने २४ प्रतिशतमा सीमित हुन पुगेको बताए ।

उनले देशको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा मुख्य योगदान सेवा क्षेत्रको ६० प्रतिशत हाराहारी रहेको र औद्योगिक क्षेत्रको निकै न्यून रहेको भन्दै कृषिको आधुनिकीकरणमार्फत कृषिको श्रम शक्तिलाई औद्योगिक क्षेत्रमा आबद्ध गराउनुपर्ने धारणा राखे ।

उनले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषण गरिएको कृषि लगानी दशक विगत देखिको नै योजना भएकाले र त्यसलाई निरन्तरता दिएको भन्दै भोलिका दिनमा सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए ।

उनले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने बताए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : २२ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको