मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ जनाको मृत्यु « Khabarhub

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ जनाको मृत्यु


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएका छन् ।

चालु आवमा हालसम्मका  मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट चार जनाको मृत्यु भएको,  एक जना बेपत्ता भएका र दुई जना घाइते भएका जानकारी दिए ।

भारी वर्षाका कारण चार जना घाइते भएका छन् । चट्याङका ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन् । हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए । सबै विपद्का घटनाबाट एक सय ७१ चौपायाका मरेका छन् ।

विपद् व्यवस्थापनका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिए । उनले मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुने गरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्व तयारी गरिएको जानकारी दिँदै उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा तयार गरिएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजनाअनुसार ‘कमाण्ड पोष्ट’ खडा गरी विपद्बाट धनजन जोगाउने कार्यक्रम भइरहेका  बताए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई पाँच लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त तीन लाख रुपैयाँ, चामल, दाल, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ । साथै मृतकका परिवारलाई तत्काल रु १५ हजार, त्रिपाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : ४१ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप